logo

नबिल ‘एसएसई फेलोशिप’को चौथो ब्याजलाई स्वागत, सामाजिक उद्यमबारे प्रशिक्षण दिइने

    443   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ ।
बैंकले चौथो ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो। बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम यस कार्यक्रम मार्फत दिने गर्छ ।
यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भइरहेको छ । नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागीहरु विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रबारे आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि सहयोग प्राप्त गर्नेछन् । यसले उनीहरुलाई दीर्घकालीन सफलता प्राप्त गर्न सहयोग पुग्ने सो बैंकको विश्वास छ ।
हालसम्म नबिल एसएसई अभियान अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरिसकेका छन्। त्यसमध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेका छन्। १ हजार २०० जनाले यसबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत सहयोग पुगेको बैंकले जनाएको छ । साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको सो बैंकले जनाएको छ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भएको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमले आफुहरुलाई गर्व महसुस भएको बताए।
‘विभिन्न फोरमहरुमा तिमिहरुले के ग¥यौ भनेर प्रश्न आउँदा हामीले नबिल एसएसई फेलोशिप गरिरेहका छौ भनेर जवाफ दिन सक्ने भएका छौं,’उनले भने,’ २०७८ बाट सुरु गरेको यो कार्यक्रमले निरन्तरता पाइरहेको छ। अहिलेसम्म सम्पन्न भएका तीन वटा ब्याजबाट ४५ वटा इन्टर्प्रोइजेट स्थापना भइ १२ सय जनाले रोजगारी प्राप्त गरेका छन।’ ६ महिनाको कोर्स पश्चात पनि बैंकले सहभागीहरुलाई अन्य विविध क्षेत्र र विषयमा सहयोग जारी राख्ने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।