logo

नबिल ‘एसएसई फेलोशिप’को चौथो ब्याजलाई स्वागत, सामाजिक उद्यमबारे प्रशिक्षण दिइने

    835   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ ।
बैंकले चौथो ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो। बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निःशुल्क तालिम यस कार्यक्रम मार्फत दिने गर्छ ।
यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भइरहेको छ । नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागीहरु विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रबारे आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि सहयोग प्राप्त गर्नेछन् । यसले उनीहरुलाई दीर्घकालीन सफलता प्राप्त गर्न सहयोग पुग्ने सो बैंकको विश्वास छ ।
हालसम्म नबिल एसएसई अभियान अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरिसकेका छन्। त्यसमध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेका छन्। १ हजार २०० जनाले यसबाट प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत सहयोग पुगेको बैंकले जनाएको छ । साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको सो बैंकले जनाएको छ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भएको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमले आफुहरुलाई गर्व महसुस भएको बताए।
‘विभिन्न फोरमहरुमा तिमिहरुले के ग¥यौ भनेर प्रश्न आउँदा हामीले नबिल एसएसई फेलोशिप गरिरेहका छौ भनेर जवाफ दिन सक्ने भएका छौं,’उनले भने,’ २०७८ बाट सुरु गरेको यो कार्यक्रमले निरन्तरता पाइरहेको छ। अहिलेसम्म सम्पन्न भएका तीन वटा ब्याजबाट ४५ वटा इन्टर्प्रोइजेट स्थापना भइ १२ सय जनाले रोजगारी प्राप्त गरेका छन।’ ६ महिनाको कोर्स पश्चात पनि बैंकले सहभागीहरुलाई अन्य विविध क्षेत्र र विषयमा सहयोग जारी राख्ने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।