logo

बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई

    420   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार – विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ सेवा पु¥याउँदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर–२०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।
संयुक्त अधिराज्य बेलायतमा अवस्थित द फाइनान्सियल टाईम्सले बुधबार आयोजना गरेको एक कार्यक्रमकाबीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन् । अवार्ड वितरण समारोहमा करिव १ सय भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जंग पाण्डेले बैकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरबान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्रि आधुनिक बैंकिंङ सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनकालागि हौंसला मिलेको बताए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस अवार्डको प्राप्ती संम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट संम्भव भएको बताए । उनले आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ र हरित बैंकिंङका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
द फाइनान्सियल टाईम्सले बार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द ईयरबाट सम्मानित गर्दै आएको छ । यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको सो बैंकले जनाएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको बार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकर मार्फत प्रकाशित हुने गरेको छ ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड ’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।
यस बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटिएम, ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट करिव १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।