logo

ऊर्जा दक्षता प्रर्वधनको निम्ति अनुुदान योजना

    330   पटक पढिएको

 

७ मंसिर/अर्थ र व्यापार – नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत विहिवारदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनको निम्ति एक अनुदान योजना प्रारम्भ भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोगवाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो ।
पहलअन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंक मार्पmत आंशिक अनुुदान उपलब्ध गरिने बताइएको छ । अनुदान संचालन निर्देशिका अनुसार आशिंक अनुदान, ऊर्जा दक्षताका उपायहरुमा कुल आवश्यक लगानीको एक निश्चित प्रतिशन हुनेछ । अनुदानको निम्ति योग्य हुन उद्योग ब्यवसायहरुले मर्र्यािदत कामका सिद्धान्त तथा बातावरणिय मापदण्डहरु समेत अबलम्बन गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्दा देखिने वित्तिय समस्यालाई सम्बोधन गरि ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । पहलमार्फत ऊर्जा दक्षताको महत्वपूूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै पर्यावरणीय लाभ तथा विदेशी विनिमयको संचितीमा समेत टेवा पुग्ने बताइएको छ ।

अनुुदान योजनाको शुरुआतले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रिय अर्थतन्त्रका सिद्धान्तलाई एकिकृत गर्न र उद्योग तथा व्यवसायहरूमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुुदान पहलको शुुभारम्भले नेपालको स्थायी ऊर्जा समाधान प्रतिको प्रतिवद्धतालाई रेखांकित गर्नेछ, जसले

उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायुु–अनुुकूूल अभ्यासमा योगदान पु¥याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक मार्ग प्रदान गर्नेछ ।
जर्मन संघीय आर्थिक सहयोग तथा बिकास मंन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयद्वारा संचालित कार्यक्रममा जर्मन विकास सहयोग–जिआईजेडले प्राविधिक सहयोग पु¥याउदै आएको छ । नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवद्र्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं नीजि क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको यस कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायहरुमा ऊर्जा प्रवद्र्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।