logo

ज्योति विकास बैंकका ग्राहकले स्काइवाक टावरमा छुट पाउने

    752   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई काठमाडौको कमलादीस्थित स्काइवाक नेपालको टावरमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । एक कार्यक्रमकाबिच सो बैंकले कमलादीस्थित स्काइवाक नेपालद्धारा सञ्चालित टावरमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो । यस सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिङ तथा ब्रान्डिङ विभागका प्रमुख कुशलजंग अधिकारी र स्काइवाक नेपालका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकले स्काइवाक नेपालको भ्यूटावर भ्रमणगर्दा टिकट शुल्कमा २० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । छोटो समयमा अन्तरिक तथा बाह्य पर्यटकहरूमाझ आकर्षक पर्यटकीय भ्रमण गन्तव्य बन्न सफल स्काइवाक टावर काठमाडौंको दृश्यावलोकनका लागि धेरै अनुकुल मानिएको सो बैंकले जनाएको छ ।
ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।
हालै बैंकले पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकलाई २०प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ । यसैगरी, सो बैंकले चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा पनि १५ प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको जनाएको छ ।
ज्योति विकास बैंकले संघिय राजधानी काठमाडौ उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।