logo

२९.०७ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा, ८ वटामा महालक्ष्मीको घट्यो

ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै

    487   पटक पढिएको

  ७ कात्तिक/अर्थ र व्यापार – संघिय राजधानी काठमाडौ लगायत मुलुकभर सबै ठाउँमा आफ्नो शाखा सञ्चार विस्तार भईसकेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास असोजमसान्तसम्ममा कुल नाफा २९.०७ प्रतिशतले बढाएका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमास असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएका छन्।

गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा जम्मा १ अर्ब १० करोड रुपैयाँ मात्र थियो ।पछिल्लो सयम नेपाल राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीति, वित्तियक्षेत्रमैत्री लचकता एवं  रिकभरीमा सुधार भएका कारण अहिले यि विकास बैंकहरुको नाफामा सुधार देखिएको हो । राष्ट्रिय स्तरका विभिन्न ८ वटा विकास बैंकहरुमध्ये ७ वटा बैंकले चालु आवको यो समिक्षा अवधीमा नाफा बढाएका छन् । 

जसमध्ये ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७ दशमलब ६० प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले समिक्षा अवधीमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको देखिएको छ । यसैगरी, महालक्ष्मी विकास बैंकको नाफा भने १ दशमलब १४ प्रतिशतले खुम्चिएको छ । यो बैंकले तीन महिनामा ९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

अहिलेसम्म यि बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । समिक्षा अवधीमा लुम्बिनी विकास बैंकले चालु आवको पहिलो त्रैमासमा २० करोड १९ लाख ८५ हजार ९७९ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा १७ करोड ३२ लाख ८० हजार ९२६ रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यस बैंकको नाफा अघिल्लो आवको भन्दा १६ दशमलब ५७ प्रतिशतले बढी हो । कामना सेवा विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १७ करोड ४९ लाख ७९हजार २९६ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा ११ करोड ९५ लाख २१ हजार ८८० रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा ४६ दशमलब ४० प्रतिशतले बढी हो । यसैगरी, गरिमा विकास बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २२ करोड ५७ लाख ४३ हजार ९८१ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा जम्मा २० करोड १५ लाख ५४ हजार ७९३ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा १२ प्रतिशतले बढी हो । ज्योति विकास बैंकले सबैभन्दा धेरै चालु आवको पहिलो त्रैमासमा कुल १५ करोड ११ लाख ९० हजार ३१० रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा जम्मा ५ करोड ८ लाख २ हजार ८१२ रुपैयाँ मात्र नाफा कमाएको थियो । यो १९७ दशमलब ६० प्रतिशतले बढी हो । 

मुक्तिनाथ विकास बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा २२ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा २३ दशमलब १७ प्रतिशतले बढी हो । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा ६ करोड १ लाख ७९ हजार ३२३ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा ४ करोड , ६५ लाख ९१ हजार १७४ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अघिल्लो आवको भन्दा २९ दशमलब १६ प्रतिशतले बढी हो । 

त्यसैगरी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २३ करोड ९३ लाख ६३ हजार ८६३ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा १९ करोड १६ लाख ५४ हजार ४६१ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा २४ दशमलब ८९ प्रतिशतले बढी हो । 

यस अवधीमा सबै विकास बैंकहरुको नाफा बृद्धि भएपनि महालक्ष्मी विकास बैंकको भने नाफा घटेर चालु आवको पहिलो त्रैमासमा जम्मा ९ करोड ४२ लाख ८९ हजार ७८ रुपैयामा सिमित भएको देखिएको छ । यस बैंकले अघिल्लो आवको सो अवधीमा कुल ९ करोड ५३ लाख ७८ हजार ६०९ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको तुलनामा १ दशमलब १४ प्रतिशतले कम हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।