logo

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो किसान सरल कर्जा योजना, १० लाखसम्म ऋण दिने

    366   पटक पढिएको


२ कात्तिक/अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंकले किसान सरल कर्जा योजना ल्याएको छ । बैंकले कृषि क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यसहित अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी नयाँ योजना ल्याएको हो।
१० लाखभित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड लिन सकिने सो बैंकले जनाएको छ । कृषि व्यवसायमा आवद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कृषि व्यवसायमा संलग्न फर्मले कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गर्नेछ । कर्जा ग्रेस अवधिसहित अधिकतम् १० वर्षका लागि प्रदान गरिने सो बैंकले जनाएको छ । कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ ।
खुद व्यापारिक सम्पत्तिको अधिकतम् ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोका रुपमा रहने छ । यस योजनामा सहभागी हुनेहरुले आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने सो बैंकले जनाएको छ । यसैगरी, बैंकले देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयबाट किसान सरल कर्जा प्रदान गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।