logo

माछापुच्छ्रे बैंकको क्यासब्याकदेखि छुट अफर

    376   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा दसैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहककालागि क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ।
बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई आगामी ३० असोजसम्म छुट दिइने सो बैंकले जनाएको छ।
यस अफर बमोजिम बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुईवर्षसम्म नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। यसैगरी, बैंकले क्रेडिट कार्ड पनि पाँच वर्षका लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदानगर्ने जनाएको छ ।
सो बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्म छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्डमा पहिलो वर्ष २४ प्रतिशतसम्म छुट दिनेछ।
बैंकको वार्षिकोत्सव लक्षित योजनाअन्तर्गत आगामी १६ र १७ असोजमा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरुबाट सामान खरिद गर्दा बिल भुक्तानीमा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ पाउने छन् ।
यसैगरी, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँ क्यासब्याक पाउने छन् । यो बैंक आगामी १७ असोजमा २५औं वर्षमा प्रवेश गर्दैछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।