logo

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा ल्यायो नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड

    750   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार– सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ।
सिटिजन्स फोनपे क्रेडिट कार्डले नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको बताइएको छ। यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानीको अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने विज्ञप्तिमा उल्लेख छ।
सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै यो कार्ड प्राप्त गर्न सकिने बताइएको छ। यो कार्डद्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी पनि गर्न सकिने छ। त्यसका साथै यो कार्डको प्रयोगले आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुनेछ। प्रयोगकर्ताले ४५ दिनसम्म ब्याज–मुक्त क्रेडिट अवधि प्राप्त गर्नेछन् भने ग्राहकले चाहेअनुसार पूर्ण वा न्यूनतम भुक्तानी गर्न सक्नेछन्।
सुरुवाती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१००० रुपैयाँ) सम्मको क्यासब्याक अफर प्रदान गरेको छ। यो अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बैंकले जनाएको छ।
सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले फोनपे सँगको सहकार्यमा यो नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफू उत्साही भएको बताए।
उनले भने, ‘यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नवीन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो।’
त्यस्तै, फोनपेका सीइओ दिवस कुमारले आफूहरू ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध रहेको बताए। यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिने उनको भनाइ छ।‘नेपालमा क्रेडिट कार्डको प्रयोग २५ प्रतिशतभन्दा कम भएको अवस्थामा हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पु¥याएको छ।
यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो,’ उनले भने। यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पु¥याउने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।