logo

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

    726   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार – बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ । समिक्षा अवधीमा १० वटा बैंकको नाफा बढेको देखिन्छ भने १० वटाको घटेको छ ।
समिक्षा अवधीमा मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको छ ।
बैंकहरुको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्युन छ । पाकिसकेको साँवा, ब्याज रकम पनि समयमै उठ्न नसक्दा कतिपय बैंकको वितरणयोग्य नाफा नै ऋणात्मक छ । २० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन् ।

तथ्यांकमा बैंकको नाफा नोक्सान

बैंक   २०८०/८१ (नाफा रु हजारमा)     २०७९/८० (नाफा रु हजारमा)        फरक

नबिल      ७०६००३३                       ६४०४९३६                                  १०.२३

हिमालयन    २८३८०४९                   १५६२८१७                                 ८१.६० 

सानिमा    २३८१९४१                      २६०५७९३                               -८.५९

एनआइएमबि   ५१९८३२०                  ३७२०८३३                             ३९.७१

एनएमबि   २३३४५९९                    ३२२२५४७                             -२७.५५

एनआइसी एसिया  १३८१८६९             ४४४४७६९                          -६८.९१

लक्ष्मी सनराइज  ३०३४५३९              २२८५२३९                            ३२.७९

प्राइम    ३७७४३०२                      १०२७८९९                           २६७.१९

प्रभु     ४४८०८१०                      २८०२१९                               १४९९.०४

नेपाल   १६५६८३१                      ३४३७५७८                           -५१.८०

स्टान्डर्ड चार्टर्ड   ३३०८९५४               ३४६५३३०                         -४.५१

सिटिजन्स  १३४२४६६                    १८६३७५६                        -२७.९७

ग्लाेबल आइएमई  ६०१६२१६            ६६९४३५८                      - १०.१३

सिद्धार्थ     ३०१५५३५                      ३१६६७७१                      -४.७८

माछापुच्छे     १२५०१६७                    १६२५५२५                     -२३.०९

कुमारी      २३०८२१२                       ५१७९२१                      ३४५.६७

राष्ट्रिय वाणिज्य      ३३९८२१२                ३५९५१२७                  -५.४८

एभरेष्ट         ३७००६४८                      ३३६२११५                     १०.०७

नेपाल एसबिआई      २०१३७२१            १९६७५०८                   २.३५

कृषि विकास         ३६५५६६२              १३२३४११                    १७६.२३

जम्मा            ६४१५१०८६                ५६५७४४५२                  १३.३९

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।