logo

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

    366   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार – बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ । समिक्षा अवधीमा १० वटा बैंकको नाफा बढेको देखिन्छ भने १० वटाको घटेको छ ।
समिक्षा अवधीमा मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको छ ।
बैंकहरुको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्युन छ । पाकिसकेको साँवा, ब्याज रकम पनि समयमै उठ्न नसक्दा कतिपय बैंकको वितरणयोग्य नाफा नै ऋणात्मक छ । २० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन् ।

तथ्यांकमा बैंकको नाफा नोक्सान

बैंक   २०८०/८१ (नाफा रु हजारमा)     २०७९/८० (नाफा रु हजारमा)        फरक

नबिल      ७०६००३३                       ६४०४९३६                                  १०.२३

हिमालयन    २८३८०४९                   १५६२८१७                                 ८१.६० 

सानिमा    २३८१९४१                      २६०५७९३                               -८.५९

एनआइएमबि   ५१९८३२०                  ३७२०८३३                             ३९.७१

एनएमबि   २३३४५९९                    ३२२२५४७                             -२७.५५

एनआइसी एसिया  १३८१८६९             ४४४४७६९                          -६८.९१

लक्ष्मी सनराइज  ३०३४५३९              २२८५२३९                            ३२.७९

प्राइम    ३७७४३०२                      १०२७८९९                           २६७.१९

प्रभु     ४४८०८१०                      २८०२१९                               १४९९.०४

नेपाल   १६५६८३१                      ३४३७५७८                           -५१.८०

स्टान्डर्ड चार्टर्ड   ३३०८९५४               ३४६५३३०                         -४.५१

सिटिजन्स  १३४२४६६                    १८६३७५६                        -२७.९७

ग्लाेबल आइएमई  ६०१६२१६            ६६९४३५८                      - १०.१३

सिद्धार्थ     ३०१५५३५                      ३१६६७७१                      -४.७८

माछापुच्छे     १२५०१६७                    १६२५५२५                     -२३.०९

कुमारी      २३०८२१२                       ५१७९२१                      ३४५.६७

राष्ट्रिय वाणिज्य      ३३९८२१२                ३५९५१२७                  -५.४८

एभरेष्ट         ३७००६४८                      ३३६२११५                     १०.०७

नेपाल एसबिआई      २०१३७२१            १९६७५०८                   २.३५

कृषि विकास         ३६५५६६२              १३२३४११                    १७६.२३

जम्मा            ६४१५१०८६                ५६५७४४५२                  १३.३९

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।