logo

सिटिजन्स बैंकको नाफा २८ प्रतिशतले घट्यो

    453   पटक पढिएको


२० साउन/अर्थ र व्यापार – सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा २७.९ प्रतिशत घटेको छ ।
यस बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन बढ्दा कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ८२ करोड रुपैयाँ थियो । लोन लस प्रोभिजनवापत बैंकले १ अर्ब ७६ करोड रुपैयाँ छुट्याएको छ । पहिले यस्तो रकम १ अर्ब २१ करोड थियो ।
त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको छ । पहिले यस्तो कर्जा ३.३९ प्रतिशत थियो । बैंकको नाफामा आएको गिरावटले प्रतिसेयर आम्दानी पनि घटेको छ ।
अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा रहेकोमा अहिले ९ रुपैयाँ ४५ पैसामा झरेको छ । आधार दर जम्मा ८. २६ प्रतिशत छ । असार मसान्तसम्म वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । प्रतिसेयरमा वितरण गर्न मिल्ने नाफा ४ रुपैयाँ ३४ पैसा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।