logo

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, १ भदौबाट पदभार सम्हाल्ने

    803   पटक पढिएको

१० साउन/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई सीइओ बनाउने निर्णय गरेको हो। नवनियुक्त सिइओ रेग्मीले आगामी १ भदौबाट सीइओको पदभार सम्हाल्ने छन्।
बैंकले तीन वर्षअघि डेपुटी सिइओमा रेग्मीलाई नियुक्त गरेको थियो। त्यसअघि १३ वर्षसम्म रेग्मी बैंकमा विभिन्न विभागहरुमा रहेर काम गरेका थिए। रेग्मीले करियरको सुरुवात राष्ट्रिय वाणिज्य बैंकबाट गरेका हुन्। उनले क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेका थिए।
त्यसपछि उनी छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए। बेलायतबाट फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए।
त्यसपछि रेग्मी ग्लोबल आइएमई बैंकमा डेपुटी म्यानेजर पदबाट छिरेका थिए। उनले राष्ट्रिय वाणिज्य बैंकमा पनि २०४५ साल १ भदौदेखि काम गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले यहि साउनको अन्तिममा अवकास पाउँदै छन्। सोही भएर बैंकले रेग्मीलाई नयाँ सिइओ बनाउने निणर्य गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।