logo

नबिल बैंकले एकसाथ पायो ४ अवार्ड, तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय

    787   पटक पढिएको


८ साउन /अर्थ र व्यापार – नबिल बैंकले एकसाथ ४ वटा अवार्ड प्राप्त गरेको छ। बैंकले स्थापनाको तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय अवार्ड पाएको हो।
बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । यो अवार्ड बैंकले आर्थिक वर्ष २०२२÷२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा पाएको हो।
वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै आइक्यानले अवार्ड दिएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौंमा एक समारोहबीच अवार्ड हस्तान्तरण गरे। नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरेको सो बैंकले जनाएको छ ।
बैंकले बेलायतको ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल प्राप्त गरेको छ। यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स अन्तर्गत नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर) प्राप्त गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा पु¥याएको योगदानको कदरस्वरुप बैंकले यो अवार्ड हासिल गरेको हो । युरोमनी अवार्ड फर एक्सिलेन्स अन्तर्गत नै बैंकले बेस्ट बैंक फर एसएमइजतर्फ अवार्ड पनि पाएको छ । यो विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नवीन प्रयोग र ग्राहकको सुविधामा ध्यान दिएबापत अवार्ड पाउन सफल भएको बताए। ‘बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्वअन्तर्गत पु¥याएको योगदान, गुणस्तरीय ब्राण्डिङ र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको प्रदर्शनले अवार्ड पाउँदा हामीलाई थप उर्जा मिलेको छ,’ ढुंगानाले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।