logo

प्रभु बैंकले कर्पोरेट ग्राहकलाई लक्षित गरेर संचालनमा ल्यायो भिजा बिजनेस डेबिट कार्ड

    448   पटक पढिएको


१६ असार/अर्थ र व्यापार – प्रभु बैंकले बिजनेस डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ। भिजा ईन्टरनेसनलसँगको सहकार्यमा बैंकले पूर्ण नविनतम् सुविधासहितको प्रभु डेबिट कार्ड सेवा संचालनमा ल्याएको जनाएको छ।
आइतबारदेखि संचालनमा ल्याएको यो कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको सो बैंकको दाबी छ।
यो बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती (करेन्ट) खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनी (कर्पोरेट)हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले ल्याइएको सो बैंकले जनाएको छ । यो कार्ड विशेषगरी व्यापारिक प्रयोजनका लागि मात्र लक्षित रहेको सो बैंकले स्पष्ट पारेको छ।
बैंकका अनुसार यसको प्रयोग व्यापारी, विक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायक लगायतलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्ने व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू लगायतमा सीमित रहने छ ।
यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको भन्दै बैंकले यो कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहने दाबी गरेको छ । बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्ने छन् ।
यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ । यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेसन झंझट कम गर्दै अग्रिम भुक्तान व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिने सो बैंकले जनाएको छ।
बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आपूर्ति र खरिदका लागि भुक्तानी गर्न सक्ने छ । यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने सो बैंकले अपेक्षा गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।