logo

प्रभु बैंकले कर्पोरेट ग्राहकलाई लक्षित गरेर संचालनमा ल्यायो भिजा बिजनेस डेबिट कार्ड

    775   पटक पढिएको


१६ असार/अर्थ र व्यापार – प्रभु बैंकले बिजनेस डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ। भिजा ईन्टरनेसनलसँगको सहकार्यमा बैंकले पूर्ण नविनतम् सुविधासहितको प्रभु डेबिट कार्ड सेवा संचालनमा ल्याएको जनाएको छ।
आइतबारदेखि संचालनमा ल्याएको यो कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिएको सो बैंकको दाबी छ।
यो बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती (करेन्ट) खाता खोली कारोबार गर्ने र गरिरहेका खाताधनी (कर्पोरेट)हरूलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले ल्याइएको सो बैंकले जनाएको छ । यो कार्ड विशेषगरी व्यापारिक प्रयोजनका लागि मात्र लक्षित रहेको सो बैंकले स्पष्ट पारेको छ।
बैंकका अनुसार यसको प्रयोग व्यापारी, विक्रेता, आपूर्तिकर्ता र सेवा प्रदायक लगायतलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्ने व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू लगायतमा सीमित रहने छ ।
यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार भएको भन्दै बैंकले यो कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहने दाबी गरेको छ । बिजनेस डेबिट कार्डको मद्दतले, बिजनेस हाउसहरूले यात्रा र मनोरञ्जन हेडसँग सम्बन्धित आफ्नो खर्चलाई डिजिटलाइज गर्न सक्ने छन् ।
यस सम्बन्धमा, बिजनेस डेबिट कार्डको मद्दतले, टिकटहरू (हवाई र बस) तुरुन्तै अनलाइन वा पीओएस टर्मिनलहरू मार्फत ट्राभल एजेन्टहरूसँग खरिद गर्न सकिन्छ । यसरी व्यावसायिक प्रयोजनमा आफ्ना कर्मचारीलाई कुनै पनि अग्रिम सुविधा प्रदान गर्नु पर्दैन र पछि हिसाब मिलान गर्न र अपरेसन झंझट कम गर्दै अग्रिम भुक्तान व्यवस्थित गर्न साथै होटल खर्च पनि छुट्याउन सकिने सो बैंकले जनाएको छ।
बिजनेस डेबिट कार्डको मद्दतले, व्यापारिक घरानाहरूले आफ्नो कार्डमार्फत सिधै आपूर्ति र खरिदका लागि भुक्तानी गर्न सक्ने छ । यो बिजनेस डेबिट कार्डको मद्दतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्धनमा सहजता तथा पारदर्शीता समेत कायम रहने सो बैंकले अपेक्षा गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।