logo

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक नेपालमा

    847   पटक पढिएको


३ असार/अर्थ र व्यापार – विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।
नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ ।
यसअघि सरकारले यो सम्मेलनमा विश्व बैंकका अध्यक्ष अजय बंगा सहभागी हुने बताएको थियो । तर, सिनियर प्रबन्ध निर्देशकले बैठकको अध्यक्षता गर्ने भएसँगै अध्यक्ष भने नेपाल नआउने भएका छन् । ट्रोटसनबर्ग बंगापछि विश्वबैंकका दोस्रो वरियताका अधिकारी हुन् ।
नेपालमा ट्रोटसनबर्ग पाँच दिनसम्म रहनेछन् । नेपाल भ्रमणकै क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्यातसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
साथमा उनले विकास साझेदारहरूसँग समेत भेट गर्ने विश्व बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) विश्व बैंकको एक अभिन्न अंग हो । जसले न्यून आय भएका देशलाई मद्दत गर्छ । काठमाडौंमा चल्ने २१औं आईडीए बैठकमा ६५ भन्दा धेरै विकास साझेदार र मुलुकका प्रतिनिधिले भाग लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।