logo

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

    178   पटक पढिएको


४ चैत/अर्थ र व्यापार – एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ।
समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरी महत्वपूर्ण साझेदारीलाई औपचारिक रूप दिइएको हो। यसबाट नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका लागि डिजिटल कारोबार सुव्यवस्थित हुने लक्ष्य लिइएको छ।

एमओयू हस्ताक्षर कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान सहभागी थिए।

बैंकले यस रणनीतिक साझेदारीले दुई देशबीचको भुक्तानीलाई थप सहज बनाउँदै लैजाने आशा व्यक्त गरेको छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी बैंकका ग्राहकहरूले नेपाल र भारतमा कारोबार सहज र तत्काल गर्न सक्नेछन्। यो दुवै देशबीचको वित्तीय कनेक्टिभिटीका लागि महत्वपूर्ण रहेको बताइएको छ।

यस सम्झौताले विशेष गरी हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पु¥याउने बैंकले विश्वास व्यक्त गरेको छ। बैंकले यस सम्झौताले दुई देशबीच हुने वित्तीय कारोबारका कठिनाइहरू हटाउने र सहजता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्यूआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ। जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पे एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

बैंक र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यले डिजिटल पेमेन्ट परिदृश्यलाई वृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ। जसले व्यक्ति र व्यवसायहरूलाई परिष्कृत सुविधा र पहुँचका साथ समान रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

बैंकले देशभर रहेका १२८ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।