logo

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

    800   पटक पढिएको


४ चैत/अर्थ र व्यापार – एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ।
समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरी महत्वपूर्ण साझेदारीलाई औपचारिक रूप दिइएको हो। यसबाट नेपाल र भारतबीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका लागि डिजिटल कारोबार सुव्यवस्थित हुने लक्ष्य लिइएको छ।

एमओयू हस्ताक्षर कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान सहभागी थिए।

बैंकले यस रणनीतिक साझेदारीले दुई देशबीचको भुक्तानीलाई थप सहज बनाउँदै लैजाने आशा व्यक्त गरेको छ। बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी बैंकका ग्राहकहरूले नेपाल र भारतमा कारोबार सहज र तत्काल गर्न सक्नेछन्। यो दुवै देशबीचको वित्तीय कनेक्टिभिटीका लागि महत्वपूर्ण रहेको बताइएको छ।

यस सम्झौताले विशेष गरी हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पु¥याउने बैंकले विश्वास व्यक्त गरेको छ। बैंकले यस सम्झौताले दुई देशबीच हुने वित्तीय कारोबारका कठिनाइहरू हटाउने र सहजता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्यूआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ। जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पे एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

बैंक र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यले डिजिटल पेमेन्ट परिदृश्यलाई वृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ। जसले व्यक्ति र व्यवसायहरूलाई परिष्कृत सुविधा र पहुँचका साथ समान रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

बैंकले देशभर रहेका १२८ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट तथा एसएमएस बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।