logo

राष्ट्र बैंकको नयाँ नीतिले चैतमा बैंक ब्याजदर थप घट्दै, संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कार्यान्वयनमा आउने

    988   पटक पढिएको

२९ फागुन/अर्थ र व्यापार – आगामी चैत महिनाकालागि अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर थप घटाउने भएका छन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिको कारण बैंकहरुको ब्याजदर थप घट्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षा मार्फत संस्थागत निक्षेप कर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले मात्र कम हुनुपर्ने व्यवस्था चैत एक गतेबाट लागु हुनेछ । जसको कारण ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप एक प्रतिशतसम्म घट्ने भएको हो ।
हाल संस्थागत निक्षेपकर्ता र व्यक्तिगत मुद्दती निक्षेपकर्ताबीचको ब्याजदर अन्तर २ प्रतिशत छ । हाल बैंक तथा वित्तीय संथामा पर्याप्तमात्रामा तरलता रहेकोले छ । यसैगरी, वित्त क्षेत्रमा अहिले पनि कर्जाको माग बढ्न सकेको छैन । वाणिज्य बैंकले फागुन महिनामा निक्षेपमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका थिए ।
चैतमा निक्षेपको ब्याजदर यो बिन्दुबाट अझ तल झर्ने सम्भावना रहेको बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले बताए । उनले अहिले बैंकहरूको पुँजी लागत लगभग ७ प्रतिशतको हाराहारीमा रहेको र बैंकहरुले थप निक्षेपको ब्याजदर थप बढाउन नसक्ने अवस्था रहेको बताए ।
बैंकर्स संघका अनुसार राष्ट्र बैंकले ब्याजदर घट्ने क्रमलाई स्थिर बनाउनको लागि संस्थागत र व्यक्तिगत ब्याजदर अन्तर १ प्रतिशत कायम गर्नुपर्ने नीति लिएको थियो । तर, अहिलेको परिस्थितिले ब्याजदर अझ घटाउनुपर्ने अवस्था सिर्जना गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘बैंकहरुको कर्जा लगानी बढेको खण्डमा बैंकहरुले संस्थागत लगानीकर्ताको ब्याजदर १ प्रतिशत बढाएर व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर यथावत राख्न सक्ने गरी राष्ट्र बैंकले नीति लिएको थियो ।’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर, अहिलेको अवस्थामा बैंकहरु थप निक्षेपको ब्याजदर बढाएर दिन नसक्ने अवस्थामा छौं भनिरहेका छन ।’
‘हाल बैंकमा कर्जा लगानीभन्दा निक्षेप संकलन धेरै छ, जसको कारण बैंकहरुले अहिलेको परिस्थितिमा निक्षेप ब्याजदर बढाएर दिन सक्दैनन ।’ बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘यसकारण अधिकांश बैंकको निक्षेपको ब्याजदर घट्ने नै अवस्थामा छ, केही बैंकले आफ्नो अवस्थाअनुसार संस्थागत लगानीकर्ताको ब्याजदर बढाउन पनि सक्छन ।’
राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ भने कुल निक्षेप संकलन ६१ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकले मात्र ५४ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।
यसैगरी, वाणिज्य बैंकले मात्र यस अवधिमा ४५ खर्ब २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत २३ फागुनसम्म बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.०५ प्रतिशत रहेको थियो भने इन्टर बैंक ब्याजदर २.८८ प्रतिशत रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।