logo

बैंकहरुले व्यक्तिगत आवासीय घरकर्जामा लगानी बढाए ,६ महिनामा पौने ३३ अर्ब आवासीय कर्जा लगानी

    576   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएका छन्। आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाहरुले ३ खर्ब ८० अर्ब रुपैयाँ घर कर्जा लगानी गरेका छन् । गत असार मसान्तको तुलनामा व्यक्तिगत आवासीय कर्जा ९.४० प्रतिशत वृद्धि भएको हो।
असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासमा ३ खर्ब ४८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । आर्थिक वर्षको सुरुवातदेखि बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा सुस्तता देखिएपछि राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जामा खुकुलो नीति लिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पु¥याएको थियो । गत पुसमा राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ६० प्रतिशत पु¥याएको थियो।
राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँ माथिको रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको थियो । घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाइएपछि आवासीय कर्जा बढेको तथ्यांकले देखाउँछ ।
रियल इस्टेट कर्जा प्रवाह भने ६ महिनामा १.८ प्रतिशतले घटेको छ । असारसम्म बैंक तथा वित्तीय संस्थाको रियल इस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा पुससम्म आउँदा २ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।