logo

बैंकहरुले व्यक्तिगत आवासीय घरकर्जामा लगानी बढाए ,६ महिनामा पौने ३३ अर्ब आवासीय कर्जा लगानी

    877   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएका छन्। आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म संस्थाहरुले ३ खर्ब ८० अर्ब रुपैयाँ घर कर्जा लगानी गरेका छन् । गत असार मसान्तको तुलनामा व्यक्तिगत आवासीय कर्जा ९.४० प्रतिशत वृद्धि भएको हो।
असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासमा ३ खर्ब ४८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । आर्थिक वर्षको सुरुवातदेखि बैंक तथा वित्तीय संस्थाको ऋण लगानीमा सुस्तता देखिएपछि राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जामा खुकुलो नीति लिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पु¥याएको थियो । गत पुसमा राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ६० प्रतिशत पु¥याएको थियो।
राष्ट्र बैंकले पहिलो त्रैमासको मौद्रिक समीक्षामार्फत ५० लाख रुपैयाँ माथिको रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको थियो । घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउन एकपछि अर्को नीतिगत लचकता अपनाइएपछि आवासीय कर्जा बढेको तथ्यांकले देखाउँछ ।
रियल इस्टेट कर्जा प्रवाह भने ६ महिनामा १.८ प्रतिशतले घटेको छ । असारसम्म बैंक तथा वित्तीय संस्थाको रियल इस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा पुससम्म आउँदा २ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।