logo

नबिल बैंकले ल्यायो दक्ष प्रवासी उद्यमशील कर्जा,उद्यम गर्न १० करोडसम्म पाइने

    621   पटक पढिएको


११ माघ/अर्थ र व्यापार – नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो। बैंकले बिहीबार औपचारिक रूपमा शुभारम्भ गर्दै स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको हो ।
बैंकले न्यूनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा दिनेछ । त्यसमा बैंकले विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा तोकेको छ ।
बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसैगरी, बैंकले लगानी थपगरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिनेछ ।
त्यस्तै, सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । सो कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।
सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ । सो कर्जा आयमुलक व्यवसाय÷उद्यम सुरू वा विस्तार गर्न प्रोत्साहन हुने बैंकको विश्वास छ । बैंकले न्यूनतम आकर्षक ब्याजदरका साथ १० वर्षसम्मका लागि कर्जा दिने भएको हो ।
बैंकले कर्जा लिन चाहनेका लागि ३–५ कार्य दिनभित्र कर्जा स्वीकृती दिने बैंकले जनाएको छ । बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्रप्रसाद ढुंगानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई सहजै कसरी कर्जा प्रदान गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल गरेर आर्थिक रूपमा सहयोग गरेमा अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना ल्याएको बताए।

बैंकले ल्याएको कर्जाले रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने उनी बताउँछन् । कर्जाको योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने उनको जिकिर छ ।‘दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोग हुनेछ,’ उनले भने।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अहिले वैदेशिक रोजगारी बाध्यात्मक भएकाले हजारौं युवाहरू विदेशिने गरेको बताए । नेपालमा रोजगारी सिर्जना गर्न सक्ने अवस्था नभएकाले विदेशिने क्रम बढिरहँदा बैंकको यस्तो योजनाले विदेशबाट फर्किएका युवाहरुलाई सहयोग पुग्ने उनले बताए ।
‘वैदेशिक रोजगारीलाई कम गर्न विभिन्न क्षेत्रबाट कार्यहरू भइरहेको छ । नबिल बैंकले पनि प्रवासी नेपालीको विषयमा चासो राखेको छ । जुन निकै राम्रो काम हो,’ उनले भने ।
सरकारले वैदेशिक रोजगारीमा गएर फर्किएका युवारूलाई सीपको उपयुक्त क्षेत्रमा प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए । आगामी दिनमा युवाहरूलाई स्वदेशमा नै व्यवस्थापन गर्न सबै क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सीप सिकेर आएका नेपालीहरूलाई नबिल बैंकले गरेको कार्य सह्रानीय रहेको बताए । वैदेशिक रोजगारीमा गएका मात्रै नभएर नेपालमा फर्किनेको संख्या पनि उच्च रहेको र उक्त वर्गलाई लक्षित गरेर ल्याएको योजनाले युवाहरूलाई व्यवसाय गर्न पुँजीमा निकै सहयोग पुग्ने उनले बताए ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले एउटा मुभमेन्ट नै ल्याएको बताए । प्रवासी नेपालीहरूले धेरै प्रकारका सीप सिकेर आउने र त्यसको प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्न सक्ने वातावरण यसबाट सिर्जना हुने उनले बताए । ‘यो योजनाबाट बैंकले धेरै नाफा कमाउने उदेश्य बनाएको छैन,’ उनले भने, ‘विदेशमा सिकेर आएको सीप प्रयोग गरेर स्वदेशमा नै उद्यम गर्ने र रोजगारी सिर्जना हुने अपेक्षा छ ।’
बैंकले कर्जा मात्रै नभएर सीप पनि प्रदान गर्नेछ । सीपअनुसारको व्यवसाय गर्नेलाई प्राथमिकताको आधारमा कर्जा दिइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।