logo

माछापुच्छ्रे बैंकद्वारा विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग

    536   पटक पढिएको


१० माघ/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लास्थित शारदा–१५ माल्नेटामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानी सुविधाका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी–६ बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
बैंकले बागमती प्रदेशको कामनपा–४ लम्टङिनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी सो पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जनमाध्यमिक विद्यालयमा खानेपानीको अभाव छ । १८ सय भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत शैलेश्वरी माविमा शौचालय व्यवस्थित नहुँदा विद्यार्थी र शिक्षकहरू समस्यामा परेका छन्।
विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन ।
यसैगरी, काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभाहलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएपछि बैंकले सभाहलको निर्माण गर्ने निर्णय गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।