logo

सिद्धार्थ बैंकको नाफा सामान्य घट्यो, निष्कृय कर्जामा सुधार

    523   पटक पढिएको


७ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमासमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा १.१० प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ ।
यसैगरी, सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा सामान्य घट्दा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा वृद्धि हुँदा नाफा प्रभावित भएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब १ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड ३९ लाखमा पुगेको छ ।
यस्तै खुद फि तथा कमीसन आम्दानी ६१ करोड २८ लाखबाट ६५ करोड ७३ लाख पुगेको छ । आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब १९ करोड २५ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च १ अर्ब ४१ करोड ८४ लाखबाट बढेर १ अर्ब ४६ करोड ५५ लाख पुगेको छ ।
अन्य सञ्चालन खर्च ५८ करोड ३२ लाखबाट बढेर ६२ करोड ३५ लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७६ लाख रुपैयाँबाट १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँमा झरेको छ । नाफा घटेको बैंकले ५४ करोडढ रुपैयाँ ब्याज उठाउन सकेको छैन ।
चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड ५० लाख घाटामा रहेको बैंकको गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित ३० करोड ४५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकको निक्षेप घटेको छ भने कर्जामा सुधार भएको छ । असार मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा घटेर २ खर्ब २१ अर्ब ७ करोड ८३ लाख पुगेको छ । यस्तै बैंकको कर्जा १ खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँबाट १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसाबाट घटेर १६ रुपैयाँ १८ पैसा झरेको छ ।
प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दनी अनुपात १५.४५ गुणा रहेको छ । यस्तै बैंकको पूँजीकोष ३३ प्रतिशतबाट ११.६८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८७ प्रतिशतबाट २. ५६ प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८१.७७ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।