logo

सञ्चालन खर्च बढ्दा नबिल बैंकको नाफा घट्यो

    854   पटक पढिएको



७ माघ/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा तीन अर्ब २० करोड ३१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको यस बैंकको नाफा ६.२८ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमीसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीकालागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा पनि सामान्य मात्रै वृद्धि हुँदा पनि बैंकको नाफामा घटेको छ ।
बैंकको सञ्चालन खर्चमा उल्लेख्य वृद्धि भएकाले यसपाली नाफा प्रभावित भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ८३ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाखमा पुगेको छ । यसैगरी, खुद फि तथा कमीसन आम्दानी एक अर्ब २८ करोड २८ लाखबाट एक अर्ब ४८ करोड ४४ लाख पुगेको छ ।
आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीकालागि गरेको प्रोभिजन १ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबाट सामान्य बढेर एक अर्ब ९७ करोड १८ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च एक अर्ब ८५ करोड ९३ लाख रुपैयाँबाट बढेर दुई अर्ब ४९ करोड २४ लाख पुगेको छ ।
यसैगरी, अन्य सञ्चालन खर्च ७८ करोड २० लाखबाट बढेर ८९ करोड ४० लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८६ करोड १८ लाख रुपैयाँबाट ६.१८ प्रतिशतले घटेर चार अर्ब ५६ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
नाफा घटेको बैंकले एक अर्ब ४ करोड ९० लाख रुपैयाँ व्याज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ९६ करोड ९५ लाख वितरणयोगय मुनाफा आर्जन गरेकोमा गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित एक अर्ब ८ करोड ७९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।
चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुवैमा सुधार भएको छ । असार मसान्तमा तीन खर्ब ९६ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर चार खर्ब २८ अर्ब ८३ करोड ५ लाख पुगेको छ ।
यसैगरी, बैंकको कर्जा तीन खर्ब ३१ अर्ब १२ करोड ३१ लाख रुपैयाँबाट तीन खर्ब ६२ अर्ब ८७ करोड ६० लाख रुपैयाँ पुगेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसाबाट घटेर २३ रुपैयाँ ७४ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा र मूल्य आम्दनी अनुपात २०.८३ गुणा रहेको छ ।
त्यसैगरी, बैंकको पुँजीकोष १२.५३ प्रतिशतबाट ११.५४ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात १.४६ प्रतिशतबाट २.४० प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८४.९५ प्रतिशत, आधार दर ९.०७ प्रतिशत र औसत स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।