logo

एसबिआई बैंकका सेयरधनीलाई १०.५५ प्रतिशत लाभांश

    891   पटक पढिएको


१६ पुस/अर्थ र व्यपार – नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको काठमाडौमा सम्पन्न सभामा चुक्ता पुँजीमा ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र उक्त अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ ।
साधारण सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैकिङको आव २०७९÷८० को एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ। सभाले बैंकका सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सो साधारणसभाले आव २०८०/८१मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पीकेएफ टीआर उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ । यसैगरी, सो सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सो सभाले बैंकका तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्न÷गराउन अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनी सचिव श्रीधर अधिकारीले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।