logo

हिमालयन बैंकको खिचापोखरी – न्युरोडस्थित नयाँ भवन शिलान्यास

    1190   पटक पढिएको

१८ असोज / अर्थ र व्यापार – हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्युरोड स्थित बंैककै जग्गामा नयाँ भवन निर्माणका लागि शिलान्यास गरेको छ।
बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका हुन । यस विशेष समारोहमा बंैकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीलगायत अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
सो समारोहमा बंैकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख सहर जस्तै इटहरी, वीरगन्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको काठमाडांैको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै, बैंकले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकलाई सेवा प्रदान गर्ने योजना रहेको बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले नयाँ भवन निर्माणपछि बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बंैकिङ सेवासुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।
हाल यस बैंकले देशभरि रहेका १७६ शाखा, २६८ एटीएम, २० बिस्तारित काउन्टर तथा १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।