logo

माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारणसभा डाक्यो

    759   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव सहित २५ औं वार्षिक साधारण सभा डाकेको छ । सभा आगामी १८ असोजमा पोखरामा हुने सो बैंकले जनाएको छ ।
बैंकले लाभांशबाटै चुक्ता पुँजी बढाउँदै छ । १ अर्ब ३६ करोड रुपैयाँले बैंकको चुक्ता पुँजी वृद्धि हुनेछ । अहिले १० अर्ब २५ करोड छ । गत आर्थिक वर्षका लागि बैंकले १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये १३.३० प्रतिशत बोनस सेयर हो ।
बोनस अनुमोदन हुँदा चुक्ता पुँजी वृद्धि हुनेछ । करका लागि ७.१८ करोड नगद पनि दिँदै छ। यस बाहेक सहायक ब्रोकर कम्पनी माछापुच्छ्रे सेक्युरिटज बारे पनि सभाले छलफल गर्नेछ। बाँकी नियमित प्रस्तावहरु सभामा लैजाँदैछ । बैंकले आगामी ८ असोजमा बुक क्लोज गर्ने जनाको छ ।
जसअनुसार आगामी ७ असोजसम्म बैंकको सेयर खरिद गर्ने सेयरधनीहरु मात्रै लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।