logo

एनआइसी एसियाको ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ योजना सार्वजनिक

    672   पटक पढिएको


२२ भदौ/अर्थ र व्यापार – एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत हरेक साता एक भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले सो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन् ।
गत १७ भदौदेखि २० असोजसम्म लागू हुने अफरअन्तर्गत एकजना ग्राहकलाई साता सकिएपछि (आइतबार–शनिबार) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले जनाएको छ । विजेताको जानकारी एनआइसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरिनेछ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर ‘अदर ब्यांक्स युजिङ क्नेक्ट आइपिएस’ छनोट गर्नुपर्छ ।
यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।