logo

सर्वोच्चको व्याख्या : बैंक तथा वित्तीय संस्थामा पनि श्रम ऐन आकर्षित हुन्छ

    807   पटक पढिएको

१७ भदौ/अर्थ र व्यापार – सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुमा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको छ । प्राइम कमर्सियल बैंकले एक कर्मचारीलाई कारवाही गरेको विषयमा सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा समेत श्रम ऐन आकर्षित हुने ठहर गरेको हो ।
पदीय आचरण विपरीत काम गरेको आरोपमा बर्खास्त परेका कर्मचारीको पुनर्बहालीको विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले संविधानमा नै सामाजिक न्याय र श्रमिकको हक अधिकार सुनिश्चित गरेकाले बैंक तथा वित्तीय संस्थाहरुमा श्रम ऐन नै आकर्षित हुने भनी व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको पूर्णपाठमा भनिएको छ, ‘नेपालको संविधान जारी हुनुपूर्व श्रम ऐन, २०४८ लगायतका अन्य श्रम कानुन सरकारी निकायमा कार्यरत कर्मचारी उपर लागु गरिएको देखिँदैन । निजी तथा गैरसरकारी क्षेत्रको हकमा भने केहि अपवाद बाहेक श्रम ऐन लागु गरिएको देखिन्छ ।’
बैंक तथा वित्तीय संस्थाहरुमा पनि श्रम ऐन लागू हुने अनि श्रम अदालतको क्षेत्राधिकार आकर्षित हुने भन्दै सर्वोच्च अदालतले बैंकले बर्खास्त गरेकी कर्मचारीलाई पुनर्बहाली गर्न दिएको आदेश सदर गरेको हो ।
प्राइम कमर्सियल बैंकको बालाजु शाखामा कार्यरत अञ्जना ढकालले आफ्नो र देवीमाया ढकालको नाममा खोलिएको खातामा बैंककै अरु बचतकर्ताको रकम सारेकी थिइन् । बैंक व्यवस्थापनले निगरानी गर्दा ऋणी इन्द्रायणी निर्माण सेवाको खाताबाट २६ लाख रुपैंया जम्मा गरेको भेटियो । अर्का व्यक्ति दयाराम श्रेष्ठको खाताबाट ३४ लाख रुपैयाँ थपिएको पनि भेटियो ।
प्रक्रिया विपरीत अरुको खाताबाट आफ्नोमा रकम जम्मा गरेको भन्दै बैंकले उनलाई स्पष्टीकरण सोध्यो । जवाफमा उनले खातावालाको सहमति र मञ्जुरीमा रकमान्तरण गरिएको बताइन् । बैंक व्यवस्थापनले त्यो काम ‘भुलवशः नभई योजनावद्ध रुपमा गरेको काम’ भनी जेठ २०७४ मा बर्खास्त ग¥यो ।
बर्खास्तमा परेकी कर्मचारी ढकालले श्रम अदालतमा मुद्दा हालिन् । श्रम अदालतले उनलाई बर्खास्त गर्ने बैंकको निर्णय बदर गर्न र तत्काल पुनर्बहाली गर्न आदेश दियो । श्रम अदालतले उनले एकपटक मात्रै कसुर गरेको देखिएको तर श्रम कानूनमा पटकपटक आचरण विपरीत काम गरेमा बर्खास्त गर्न सकिने व्यवस्था गरेको भन्दै एक पटकको त्रुटिपूर्ण कामका आधारमा मात्रै बर्खास्त गर्न नमिल्ने फैसला गरेको हो ।

श्रम अदालतको निर्णय विरुद्ध प्राइम कमर्सियल बैंक सर्वोच्च अदालतले गयो । उनले श्रम अदालतले बैंकहरुको कर्मचारी व्यवस्थापनसँग सम्बन्धित श्रम विवाद हेर्न नसक्ने जिकिर गरेको थियो । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले बैंक तथा वित्तीय संस्थामा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको हो ।
सरकारी र सार्वजनिक संस्थाका कर्मचारीलाई प्रशासकिय अदालतको क्षेत्राधिकार आकर्षित हुने भन्दै सर्वोच्च अदालतले निजी तथा गैरसरकारी क्षेत्रका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई श्रम अदालतमा पुनरावेदन गर्ने अधिकार हुने भन्दै त्यस्ता निकायहरुमा श्रम ऐन आकर्षित हुने भनेको हो ।
सर्वोच्च अदालतले श्रमिकको हकको संरक्षण, सम्मान र परिपूर्ति गर्ने प्रत्येक राज्यको दायित्व हुने, त्यस्तो हक अन्तर्गत कुनै श्रमिकलाई निष्कासन गरिएमा निष्पक्ष अदालती निकायबाट उपचार पाउने हक समेत रहने भनी व्याख्या गरेको हो ।
‘कुनै श्रम विवाद उत्पन्न भएमा निष्पक्ष श्रम अदालत, न्यायाधीकरण जस्ता निकायले श्रमिकको हकहितको संरक्षण गर्नुपर्ने मान्यता प्रचलनमा रहेको देखिन्छ’ सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘अमेरिका बाहेक अन्य देशहरुको अदालती अभ्यास हेर्दा बैंक तथा वित्तीय संस्था लगायत प्रत्येक प्रतिष्ठानका कार्यरत कामदार तथा कर्मचारीहरुलाई श्रम कानुनको संरक्षण प्राप्त हुने ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।