logo

लुम्बिनी विकास बैंकको नाफा घट्यो

    637   पटक पढिएको

१२ असार/अर्थ र व्यापार – लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ ।
बैंकले सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सक्दा पनि निष्क्रिय कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । जसले बैंकको नाफा प्रभावित भएको हो ।
शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ६१ करोड २४ लाख ८३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३.८८ प्रतिशतले कम हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ६३ करोड ७१ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको आम्दानीको स्रोत खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले वृद्धि भएर १ अर्ब ८७ करोड ४२ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
यसैगरि, बैंकको कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशतले वृद्धि भई २ अर्ब ७ करोड ७५ लाख ३५ हजार पुगेको छ । बैंकको आम्दानीमा वृद्धि भएपनि सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाका लागि ४० करोड ३१ लाख ४२ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ३ करोड ४० लाख ६३ हजार मात्रै कर्जा नोक्सानीको लागि प्रोभिजन गरेको बैंककको प्रोभिजन रकममा भारी वृद्धि भएको छ ।

प्रोभिजन रकम बढेसँगै बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.७० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ९४ करोड १९ लाख ५ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ८६ करोड ९३ लाख ७० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो ।
बैंकको चुक्ता पूँजीमा भएको वृद्धि र नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २८ करोड ४२ लाख ९३ हजार रुपैयाँ चुक्तापूँजी रहेको बैंकको गत आर्थिक वर्षमा ३ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड २८ लाख २१ हजार पुगेको छ ।

जसले अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ ४० पैसा रहेको प्रतिसेयर आम्दानी घटेर गत आर्थिक वर्षमा १८ रुपैयाँ ११ पैसामा झरेको छ । बैंकको जगेडा कोष २०.२२ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ६७ लाख ६७ हजार पुग्दा सञ्चित नाफा १४.६९ प्रतिशतले घटेर ३९ करोड २७ लाख ६२ हजारमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात २२.८१ गुणा छ ।

गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट साधारण जगेडा कोषमा १२ करोड २४ लाख ९७ हजार छुट्याएको छ । यस्तै रेगुलेटरी रिर्जभमा उठ्न नसकेको ब्याज ९ करोड ३८ लाख ४१ हजार छ । संस्थागत सामाजिक उत्तरदायित्व कोष लगायत अन्य रेगुलेटरी व्यवस्था पनि बैंकको वितरणयोग्य नाफा भने ३९ करोड २७ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
असार मसान्तमा बैंकको निष्कृय कर्जा अघिलो वर्षको १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । यस्तै पूँजीकोष अनुपात ११.७७ प्रतिशतबाट १३.२९ प्रतिशतमा झरेको छ ।

यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.२१ प्रतिशतबाट ८८.७१ प्रतिशतमा झरेको छ । असार मसान्तमा बैंकको आधार दर १२.०२ प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत छ । अघिल्लो आवको अन्तिममा बैंकको आधार दर १०.९० प्रतिशत र स्प्रेड दर ४.२० प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।