logo

सिटिजन्स बैंकको नाफा बढ्यो

    888   पटक पढिएको


१२ असार/अर्थ र व्यापार – निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो ।
शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार यस बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा १०.४१ प्रतिशले बढी हो ।

यस बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५६ लाख ११ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको आम्दानीको स्रोत खुद ब्याज आम्दानी १७.३० प्रतिशतले वृद्धि भएर ५ अर्ब ८५ करोड ७२ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
यसैगरि, बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९३ करोड ९८ लाख ३९ हजार पुगेको छ । बैंकको आम्दानीमा वृद्धि भए पनि सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्थाका लागि ७३ करोड ३ लाख ४ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा ५५ करोड २५ लाख २० हजार छुट्याएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४३ प्रतिशतले बढाएर गत आर्थिक वर्षम बैंकले ३ अर्ब ७ करोड २७ लाख १ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७० करोड ९२ लाख ५३ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा चुक्ता पूँजी नबढाएकाले १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको बैंकको जगेडा कोष २४.५१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ७ करोड ४७ लाख ९६ हजार पुगेको छ । यस्तै, सञ्चित नाफा २१.९८ प्रतिशतले घटेर १ अर्ब ३ करोड ७२ लाख ७७ हजारमा झरेको छ ।

गत आर्थिक वर्षमा बैंकले आर्जन गरेको मुनाफाबाट साधारण जगेडा कोषमा ४४ करोड २८ लाख ८५ हजार छुट्याएको छ । यस्तै ऋणपत्रको क्यापिटल रिडम्सन रिजर्भका लागि २७ करोड ७७ लाख ७८ हजार छुट्याएको छ । रेगुलेटरी रिजर्भमा उठ्न नसकेको ब्याज ३३ करोड ८८ लाख ५६ हजार छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषलगायत अन्य रेगुलेटरी व्यवस्था पनि बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १४ रुपैयाा १२ पैसाबाट बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ११.१० गुणा रहेको छ ।

असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । यस्तै पूँजीकोष अनुपात १२.६९ प्रतिशतबाट १२.३२ प्रतिशतमा झरेको छ । यसैगरि, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.२० प्रतिशतबाट ८२.४० प्रतिशतमा झरेको छ । असार मसान्तमा बैंकको आधार दर १०.५१ प्रतिशत र स्प्रेड दर ४ प्रतिशत छ । अघिल्लो आवको अन्तिममा बैंकको आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२५ प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।