logo

विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनमा राष्ट्र बैंक

    934   पटक पढिएको


१७ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी– २०८०’ आयोजना गरेको थियो ।
विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्र बैंकले सो कार्यक्रम सम्पन्न गरेको हो ।
प्रभातफेरी कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबैलाई आग्रह गरे ।

शनिबार बिहान काठमाडौको दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, शहिदगेट,जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी संग्रहालय, नारायणचौर, प्रहरी प्रधान कार्यालय नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा पुगेर समापन भएको थियो ।

सो कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधि, राष्ट्र बैंकका कर्मचारी गरी करिब ६ सयभन्दा बढीको सहभागिता रहेको थियो ।
यो कार्यक्रम चालु आर्थिक बर्षको मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवद्र्धनवर्ष’ को रूपमा मनाउने घोषणा गरिएअनुसार नै आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आवकालागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र मौद्रिक नीति मार्फत नै उल्लेख भएको ‘विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने’ उद्देश्य यस वर्षभर नै देसका विभिन्न ठाउँ तथा सेवाहरुमा यस्तो विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबार सम्बन्धी कार्यक्रम गर्दै आएको थियो ।
अझै आगामी दिनमा पनि यस्तो चेतनामुलक कार्यक्रमलाई थप प्रभावकारि बनाउँदै अघि बढ्ने राष्ट्र बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।