logo

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम,विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घरदैलो

    904   पटक पढिएको


१७ बैशाख/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनको रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले आफ्ना सबै शाखा कार्यालयहरु र केन्द्रीयकार्यालयका कर्मचारीहरुका साथ दुईदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार र शनिबार ग्राहकहरुमा वित्तीय साक्षरता पुराउन र बैंकिङ्ग सेवा, सुविधाहरुको जानकारी दिन आफ्नो देशभर बृहत वित्तीय साक्षरता,विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रम सम्पन्न गरेको सो बैंकले जनाएको छ ।
बैंकको बृहतवित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घर दैलो कार्यक्रमको आयोजना भने देशभरका विभिन्न विद्यालयहरु ÷ कलेजहरु,समुदाय केन्द्रहरु तथा अन्य सार्वजजिक स्थलमा गरिएको थियो । ‘जनता बैंकमा हैन बैंक जनतामा जानुपर्दछ’ भन्ने मुल नारा बोकेको यस बंैकले आफ्नोे नारालाई मनन् गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले आयोजना गरेको सो कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन सहित अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको सहभागीता रहेको थियो ।
यसरी वित्तीय साक्षरता तथा घर दैलो कार्यक्रममा बैंकले विधार्थीहरु, जनमानस तथा ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे घरमैमा गएर वा एक स्थान बाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीहरुले बैंकिङ्ग सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन सम्बन्धी जानकारी पाउने अपेक्षा गरिएको सो बैंकले जनाएको छ । यसबाट बैंकको नाममात्र नभई बैंकिङ क्षेत्रको बारेमा पनि साक्षरता बढ्ने सो बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
यसैगरी, प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवा र कर्जा सेवाको लागि बैंकको हटलाइन जस्ता सेवाहरु प्रयोग गर्न सो बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।