logo

धितोमा राखेको घरजग्गा बिक्री गर्दै सनराइज बैंक

    701   पटक पढिएको


११ बैशाख/अर्थ र व्यापार – ऋणिले कर्जा नतिरेपछि सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ ।
बैंकले बैंकसँग गरेको सम्झौता बमोजिम लिएको कर्जाको चुक्ता भुक्तानी मिति समाप्त भई कर्जा भुक्तानी गर्न गराउन धेरै पटक लिखित, मौखिक अनुरोधका साथै चुक्ता गर्ने गराउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा मेत वेवास्ता गरी कर्जा फछ्र्यौट नगरेकाले त्यस्ता धितो लिलाममा बिक्री गर्ने भएको हो।
बैंकले बैंकको शाखा कार्यालय बानियाँटार, काठमाडौं, हेटौंडा, मकवानपुर, टिकापुर, कैलाली, सिमरा, बारा, विराटनगर, मोरङग र इटहरी, सुनसरी कार्यालयबाट ऋण लिएका ऋणी तथा जमानीकर्ताले धितोमा राखेको घर तथा जग्गा बिक्री गर्ने भएको हो ।
शाखा कार्यालय, बानियाँटार, काठमाडौंबाट ऋण लिएको ऋणी कम्पनी दार्जेलिङ कलेक्सनको धितोमा सुरक्षण रहेको युबिका तामाङको नाममा मालपोत कार्यालय ईलाममा दर्ता कायम रहेको ईलाम जिल्ला, बौद्धनाथ नगरपालिका÷गाउपालिका वडा नं. ४ स्थित कित्ता नं. २३८ को क्षेत्रफल २५४३.७० (वर्गमिटर) भएको जग्गा र सोले चर्चेको लिगलगापत समेत बिक्री गर्ने जनाएको छ ।
शाखा कार्यालय टिकापुर, कैलालीबाट ऋण लिएको ऋणी कम्पनी तथा जमानतकर्ताले धितोमा राखेको गणश कुमार थापाको नाममा मालपोत कार्यालय राजापुरमा दर्ता कायम रहेको बर्दिया जिल्ला, राजापुर नगरपालिका÷वडा नं. ९ स्थित कित्ता नं. ८५५ को ०–११–१२.५–०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने बैंकले जनाएको छ ।
शाखा कार्यालय विराटनगर, मोरङ्गबाट ऋण लिएका ऋणी लिला बहादुर श्रेष्ठ र जमानकर्ताको नाममा राखिएको धितो बिक्री गरिने बैंकले जनाएको छ । बैंकले दुर्गा बहादुर श्रेष्ठको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्ग जिल्ला, मधुमल्ला गा.वि.स. वडा नं. ६÷ज स्थित कित्ता नं. १५५ क्षेत्रफल ०–९–१०–०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने छ ।
शाखा कार्यालय हेटौंडा, मकवानपुरको ऋणी कम्पनी गौरी हार्डवयरले धितोमा राखेको राजेन्द्र प्रसाद सेनुरियाको नाममा मालपोत मार्यालय हेटौंडा, मकवानपुर दर्ता कायम रहेको मकवानपुर जिल्ला हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७०८ को क्षेत्रफल ०–१
१९.५वि.क.धु.क.) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र अभिमन्यु कुमार सेनुरीयाको नाममा मालपोत कार्यालय हेटौंडा, मकवानपुरमा दर्ता कायम रहेको मकवानपुर जिल्ला, हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७६९४, ७६९७, ७६९५ र ७६९३ को क्षेत्रफल क्रमशः ०–०–१.७५, ०–०–८, ०–०–१.७५, ०–०–१.७५ र ०–०–२ (बि.क.धु) भएको घरजग्गा र सोले चर्चेको लिगलगापात समेत बिक्री गर्ने छ ।

शाखा कार्यालय सिमरा, बाराबाट ऋण लिएका ऋणीले धितोमा राखेको हेमन्ती देवी चौधरीको नाममा मालपोत कार्यालय सिमरा, बारामा दर्ता कायम रहेको बारा जिल्ला, डुमरवाना गाविस वडा नं. ५ स्थित कित्ता नं. ६३६ को क्षेत्रफल ०–०–७ (बि.क.धु) भएको जग्गा र सोले चर्चेको लिगलगापात समेत र चनकलिया देवीको नाममा मालपोत कार्यालय बिरगंज, पर्सामा दर्ता कायम रहेको पर्सा जिल्ला, बेवला प्रसौनी गाविस वडा नं. ३ स्थित कित्ता नं. ३४५ को क्षेत्रफल ०–०–६ (बि.क.धु्र) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापत समेत बिक्री गरिने बैंकले जनाएको छ ।
यसैगरि, बैंकको शाखा कार्यालय, इटहरी, सुनसरीबट ऋण लिएका ऋणीले धितोमो राखेको संगिता थापाको नाममा मालपोत कार्यालय इनरुवामा दर्ता कायम रहेको सुनसरी जिल्ला, भोक्राहा नगरपालिका÷गाविस वडा नं. ८ स्थित कित्ता नं. १५ को क्षेत्रफल ०–७–१०–० विगाहा भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्नेछ ।
बोलपत्र सम्बन्धी शर्तबन्देज सहतिको बोलपत्र फाराम बैंकको कर्जा असुली कविभाग, गैह्रिधारा, काठमाडौं वा सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ । बोलपत्र फाराम यहि १५ बैशाखभित्र बुझाईसक्नुपर्ने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।