logo

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई २० थान कम्प्युटर र हल निर्माणमा ४० लाख सहयोग

    678   पटक पढिएको


१५ चैत /अर्थ र व्यापार – सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको समुद्घाटन गरेको छ । एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घचटन गरेका हुन् ।
सो कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिष्ठित उद्योगी, व्यापारी समूहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले विगत १६ वर्षदेखि पोखरा मनपा, वडा नं ८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि सो भवनमा स्थानान्तरण गरेको छ ।
अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
यसका साथै बैंकले सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहिन बिद्यार्थीहरुको लागि बहुउद्देशीय हल निर्माण गर्न ४० लाख रुपैयाँ सम्मको सहयोग गर्ने सम्झौता गरेको छ ।
सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र अमरसिंह माध्यमिक विद्यालयको तर्फबाट उक्त विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।