logo

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

    1057   पटक पढिएको


१५ चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको वारेमा जानकारी दिँदै बिभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२३ मनाएको छ । वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वब्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत बिभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामुलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसंग विभिन्न अन्र्तक्रिया, बैंक तथा वित्तीय सस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधित्वका साथै टेलिभिजन तथा पत्रपत्रिकामा अन्र्तवार्ता आदि कार्यक्रम गरि मनाइएको बैंकले जनाएको छ ।

चैत ९ गते नवलपरासी जिल्लाको सुनवलमा अवस्थित महाकवि देवकोटा क्याम्पसवाट स्नातक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थिहरुलाई बैंकमा बोलाइ वित्तीय साक्षरता तथा बैंक अवलोकन कार्यक्रममा सहभागि गराइएको थियो ।
उक्त कार्यक्रम सिद्धार्थनगर कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा यस कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षारता सम्बन्धमा वार्ता प्रस्तुत गर्दै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको भूमिका, यस बैंकले गर्ने कामकारवाही तथा ग्लोबल मनि विकका बारेमा जानकारी दिएका थिए ।
कार्यालयका कामु सहायक निर्देशक सुभास चन्द्र चौधरीले जाली नोट पहिचान तथा सफा नोट नीतिका सम्बन्धमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए ।

कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयले वित्तीय साक्षरताको सान्र्दभिकता तथा सहभागिहरुवाट उठेका जिज्ञासाहरुको वारेमा सम्बोधन गरेका थिए ।
चैत १० गते कपिलवस्तु जिल्लाको भारतीय सीमावर्ति ग्रामीण क्षेत्रमा पर्ने यसोधरा गांउपालिकाको बैदौलीमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, मनिचेञ्जर व्यावसायी, पत्रकार स्थानीय बुद्धिजिविहरु गरि करिव १५० जना सहभागिता रहेको थियो ।
सोही दिन कपिलवस्तु जिल्लाको भारतिय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने मायादेवि गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।