logo

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

    714   पटक पढिएको


१५ चैत/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको वारेमा जानकारी दिँदै बिभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक २०२३ मनाएको छ । वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वब्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत बिभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामुलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसंग विभिन्न अन्र्तक्रिया, बैंक तथा वित्तीय सस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधित्वका साथै टेलिभिजन तथा पत्रपत्रिकामा अन्र्तवार्ता आदि कार्यक्रम गरि मनाइएको बैंकले जनाएको छ ।

चैत ९ गते नवलपरासी जिल्लाको सुनवलमा अवस्थित महाकवि देवकोटा क्याम्पसवाट स्नातक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थिहरुलाई बैंकमा बोलाइ वित्तीय साक्षरता तथा बैंक अवलोकन कार्यक्रममा सहभागि गराइएको थियो ।
उक्त कार्यक्रम सिद्धार्थनगर कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा यस कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षारता सम्बन्धमा वार्ता प्रस्तुत गर्दै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको भूमिका, यस बैंकले गर्ने कामकारवाही तथा ग्लोबल मनि विकका बारेमा जानकारी दिएका थिए ।
कार्यालयका कामु सहायक निर्देशक सुभास चन्द्र चौधरीले जाली नोट पहिचान तथा सफा नोट नीतिका सम्बन्धमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए ।

कार्यालयका कामु निर्देशक जीवन प्रकाश पाण्डेयले वित्तीय साक्षरताको सान्र्दभिकता तथा सहभागिहरुवाट उठेका जिज्ञासाहरुको वारेमा सम्बोधन गरेका थिए ।
चैत १० गते कपिलवस्तु जिल्लाको भारतीय सीमावर्ति ग्रामीण क्षेत्रमा पर्ने यसोधरा गांउपालिकाको बैदौलीमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, मनिचेञ्जर व्यावसायी, पत्रकार स्थानीय बुद्धिजिविहरु गरि करिव १५० जना सहभागिता रहेको थियो ।
सोही दिन कपिलवस्तु जिल्लाको भारतिय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने मायादेवि गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।