logo

अब बैंकहरुले शंकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा पठाउनु नपर्ने, १० लाखको सीमा पनि हट्यो

    1163   पटक पढिएको


१० चैत/ अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले १० लाख वा सोभन्दा बढी रक भुक्तानी गरेमा राष्ट्र बैंकलाई जानकारी गराउनु नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि कुनै पनि ग्राहकलाई १० लाख रुपैयाँ बढी रकम भुक्तानी गर्नु परेमा त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंक पठाउनु पर्ने व्यवस्था थियो । राष्ट्र बैंकले अब उक्त व्यवस्था हटाएको हो ।

यस्तै, शंकास्पद कारोबारलाई पनि बैंकहरुले राष्ट्र बैंकमा जानकारी गराउनु नपर्ने भएको छ ।
‘विप्रेषण गरी ल्याएको विदेशी मुद्रा र भुक्तानी गरेको रकमको विस्तृत विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ । प्रति ग्राहक रु.१० लाख वा शंकास्पद कारोबारको विवरण तथा सूचना प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ,’ परिपत्रमा भनिएको छ ।

यसअघि १० लाख बढी कारोबारको जानकारी राष्ट्र बैंक पठाउनु पर्ने व्यवस्थाको उद्योगी व्यवसायीहरुले विरोध गर्दै आएका थिए । यस्तै, राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ बमोजिम इजाजतपत्रका लागि शुरुमा २५ हजार रुपैयाँ जम्मा गरी सोको भौचर सहित राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने व्यवस्था हटाएको छ ।
विप्रेषण कारोबार गर्ने बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कम्पनीहरूले वेनिफिसियरीलाई भुक्तानी दिनुपर्ने रकम अग्रिम रुपमा प्राप्त गर्नु पर्ने वा सो बराबरको बैंक ग्यारेण्टी लिनुपर्ने व्यवस्था पनि हटाएको छ ।
विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था तथा विप्रेषण म्पनीहरूले अब उप्रान्त अनिवार्य रुपले अग्रीम रुपमा विदेशी मुद्रा नेपाल भित्र्याएर मात्र वेनिफिसीयरीलाई भुक्तानी प्रदान गर्नु पर्ने व्यवस्टा पनि खारेज गरेको छ ।
यसैगरि, मनिचेञ्जरहरूले इजाजत प्राप्त गर्न अघिल्लो आर्थिक वर्षमा कम्तीमा अमेरिकी डलर १२ लाख सम्म कारोबार गरेको हुनु पर्ने सीमा पनि हटाइएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।