logo

बचतको ब्याज दर घटाउने बैंकर्स संघको निर्णय,अब ऋणीसँग आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने

    684   पटक पढिएको


२५ फागुन अर्थ /व्यापार – नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ।
सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो।
अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो।
अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम भइहाल्छ। चैत १ गतेबाटै बचतको ब्याज कम हुने छ। यसले करिव ६ अर्ब रुपैयाँ खर्च घट्ने बैंकहरुको अनुमान छ।
मुद्दति निक्षेपको ब्याज भने यथावत राखिएको छ। बैंकरले संस्थागत मुद्दति निक्षेपको ब्याज दर तीन महिनादेखि एक बर्षसम्म समान भएको भन्दै छोटो अवधिको मुद्दतिको ब्याज घटाउने तयारी गरेका थिए। तर छलफलमा कुरा उठे पनि निर्णय भने हुन सकेन।
ऋणको प्रिमियम पनि बैंकले घटाएका छन्। अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ ।
यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। केही बैंकले साढे ८ प्रतिशतसम्म प्रकाशित गरेपछि निक्कै आलोचित पनि भएको थियो।
मानौ अब आधार दर १० प्रतिशत छ भने बैंकहरुले बढिमा ५ प्रतिशत थपेर ब्याज १५ प्रतिशतसम्म लिन पाउँछन्। यद्यपी यो सबै ऋणीलाई होइन। जोखिम धेरै भएका ऋणीहरुका हकमा यो लागू हुने छ।
बैंकहरुले गत माघमा पनि ब्याज दर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याज दरलाई ११ प्रतिशत झारेका थिए। निक्षेपको ब्याज घटेपनि आधार दरमा समायोजन भइसकेको थिएन। अब माघ र चैतको एकैपटक समायोजन हुने छ। यसो हुँदा ऋणको ब्याज दर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने बैंकर्स संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।