logo

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, कार्यभार सोमबारदेखि सम्हाल्ने

    1035   पटक पढिएको


७ फागुन/अर्थ र व्यापार – कृषि विकास बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले सो कैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो।
नवनियुक्त सीईओ गुरुङले भोलि सोमबारदेखि कार्यभार सम्हाल्नेछन्।
कृषि विकास बैंकको सीईओमा २२ जनाले आवेदन दिएका थिए।। तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ। बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो। सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन्।
गुरुङसँग बैंकिङ क्षेत्रमा साढे २ दशक बढी काम गरेको अनुभव छ। गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। हिमालयन बैंकमा एक दशक काम गरेका उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे।
ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि गुरुङले नायब महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए। उनले मेगा बैंकमा साढे २ वर्ष काम गरे। त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए। गुरुङ सिभिल बैंकको सीईओसमेत बने।
सिभिल बैंक छाडेर गुरुङ म्यानमारको बैंकमा काम गर्न पुगे। त्यहाँ उनले म्यानमार सिटिजन्स बैंकमा सीईओकै जिम्मेवारीमा काम गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।