logo

बैंकिङ कसूर ऐन संशोधनको माग गर्दै विकास बैंकर्सले बुझाए २२ बुँदे ज्ञापनपत्र

    1111   पटक पढिएको

७ फागुन/अर्थ र व्यापार – विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालले बैंकिङ कसूर तथा संजाय ऐन संशोधनको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले राष्ट्र बैंकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ का विद्यमान व्यवस्था परिमार्जन गर्न २२ बुँदे सुझाव पेश गरेको हो । १५ वर्षअघि बनाइएको बैंकिङ कसुर तथा सजाय ऐनलाई समय सापेक्ष संशोधन गर्नु पर्ने आवश्यकता औंल्याउँदै संघले २२ बुँदे सुझाव राष्ट्र बैंकमा बुझाइएको हो ।
संघका सदस्य बैंक मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) एवं संघका अध्यक्ष प्रद्युमन पोखरेलले यस्तो जानकारि गराएका हुन । गल्ती गर्नेलाई सजाय दिन वा गलत हुनबाट रोक्न बनाइएको कानुनले निर्देष व्यक्तिहरु पनि संजायको भागिदार भइरहेको र १५ वर्षअघि निर्माण गरिएको कानुनलाई समयसापेक्ष बनाउन आवश्यक भएकाले यस्तो माग पेस गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष पोखरेलले राष्ट्र बैंकले ऐन नै संशोधन गर्ने नभएर नियमनकारी निकाय भएको हिसाबले संद्यीय संसदमा ऐन संशोधनकालागि सिफरिस गर्न राष्ट्र बैंक समक्ष ज्ञापनपत्र बुझाएको बताए ।
उनले बैंकिङ कसुर तथा सजाय ऐनमा दण्ड सजाय निर्धारण गर्दा नियतको पनि परिभाषा गरिनु आवश्यक रहेकाले संशोधनकालागि यस्तो सुझाव दिएको बताए ।
असल नियतले काम गर्ने बैंकका अध्यक्ष, सीइओ र कर्मचारीहरु कानुनको फन्दामा परिरहेको बताउँदै उनले गल्ती गर्नेले संजाय पाउनुपर्ने बताउँदै उनले बैंकिङ कसुर ऐनले भुक्तानी लगायतका विषयलाई पनि संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले बैंकिङ कसुर तथा संजाय ऐनले निर्दोष व्यक्तिहरु पर्दा यो क्षेत्रबाट दक्ष जनशक्ति नै पलायन हुँदै जाने जोखिम बढेकाले यसलाई समय सापेक्ष संशोधन गर्न सम्बन्धित पक्षको ध्यान जानु आवश्यक रहेको बताए ।
वित्तीय क्षेत्रले अर्थतन्त्रमा गरेको योगदानमा बैंकहरुकोमात्रै ८० प्रतिशत भुमिका रहेको जानकारि गराउँदै उनले अर्थतन्त्रको एक खम्बाको रुपमा रहेको बैंकिङ क्षेत्रको विश्वसनियता प्रकारका ऐनमा संशोधन आवश्यक रहेको बताए ।
संघद्वारा राष्ट्र बैंकलाई बुझाएको सुझावपत्रमा बैंक तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैंकिङ्ग तथा वित्तीय प्रणालीमा पर्ने असर र जोखिमलाई न्यून गरी बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले व्यवस्थापिका संसदले बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बनाएको भएपनि सो ऐनको कार्यान्वयन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थामा असल नियतले आफ्नो जिम्मेवारी बहन गर्ने निर्दोष कर्मचारीलाई पनि मुद्दालागि ती कर्मचारीले बर्षौंसम्म कानुनी झमेला व्यहोर्नु परेको घटनाले आफुहरुलाई चिन्तित तुल्याएको उल्लेख छ ।
यसैगरि, बर्षौपछि त्यस्ता निर्दोष कर्मचारीले अदालतबाट सफाइ त पाएका छन्, तर त्यसबीचमा उनीहरुको रोजगारी गुम्ने, सामाजिक प्रतिष्ठामा असर पर्ने, परिवारले पीडा भोग्नुपर्ने, नगरेको कसूरको अनाहकमा सजाय भोग्नु पर्ने अबस्था सिर्जना भएकोमा पनि आफुहरु चिन्तित भएको संघले जनाएको छ ।
यसैगरि,कसुर गर्ने व्यक्ति जो सुकै भएतापनि कानुनले तोकेको सजाय पाउनु पर्दछ भन्ने कुरामा संघ प्रष्ट भएको र निर्दोष व्यक्ति जो कोही भएतापनि फस्नु हुँदैन भन्ने कुरामा पनि उत्तिकै सजग रहेको संघले जनाएको छ ।
कानुनको अक्षरश अनुपालना गर्न गराउनका लागि पनि हामी उत्तिकै दृढ भएको व्यहोरा पनि सादर अनुरोध गर्दै निर्दोष कर्मचारीहरुलाई मुद्दा नलाग्ने अबस्थाको सिर्जना कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि त्यतिकै चिन्तित रहेको संघले बुझाएको सुझावपत्रमा उल्लेख छ ।
त्यसैगरि, बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न सकिएमा निर्दोष कर्मचारी÷ व्यक्ति नफस्ने र असल नियतले काम गर्ने कर्मचारीहरु पनि जिन्दगी भर त्रासमा बस्नुपर्ने अवस्थामा सकरात्मक परिवर्तन आउने छ भन्ने विस्वास संघले लिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।