logo

अबको केही क्षणमा बैंकर्स संघको बैठक बस्दै, ब्याजदर घटाउने विषयमा सिइओहरूबीच छलफल हुने

    1204   पटक पढिएको


२७ पुस/अर्थ र व्यापार – नेपाल बैंकर्सको बैठक अबको केही क्षणमा बुधबार साँझ ५ बजे बस्ने भएको छ । सो बैठकले ब्याजदर यथावत् राख्ने कि घटाउने भन्नेबारे निर्णय गर्ने बताईएको छ । बुधबार साँझ ५ बजेकालागि डाकिएको संघको बैंकठको कार्यसूचीमा बैंकको ब्याजदरको विषयमा छलफल हुने प्रस्ताव रहेको छ ।
संघका एक सदस्य एवं बैंकर्सले जानकारि दिए अनुसार अहिले बैंकरहरूबीच दुई धार छ । एकथरी बैंकरहरू ब्याजदर केही घटाउनुपर्छ भन्ने लाइनमा छन् भने अर्काथरी बैंकरहरू भने वैश्विक र आन्तरिक परिस्थिति पनि अनुकूल नभएकाले तत्काल ब्याजदर घटाउनु हुँदैन भन्ने पक्षमा छन् ।
उनीहरुका अनुसार विश्वव्यापी मन्दीको असर नेपालमा पनि देखिने र ब्याजदर कम हुँदा फेरि आयातमा चाप पर्न गई बाह्य क्षेत्र समस्याग्रस्त हुने आकलन छ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा पनि ब्याजदरका उपकरण चलाउने सम्भावना छैन। तर, उसले अनौपचारिक रुपमा बैंकरहरुलाई ब्याजदर घटाएर सकारात्मक माहोल सिर्जना गर्न निर्देशन दिएको बताइन्छ । तर, राष्ट्र बैंकका अधिकारीहरु भने परिस्थिति हेर्दा ब्याजदर घटाइहाल्ने स्थिति नरहेको बताउँछन् ।
ब्याजदर घटाउनेबित्तिकै त्यसको असर अर्थतन्त्रमा कस्ता पर्छ भन्ने अहिल्यै भन्न नसकिने अवस्था भएकाले केही समय पर्ख र हेरको अवस्थामा रहनुपर्छ भन्ने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन् । तर, ब्याजदर केही न केही घटाउनुपर्ने दबाब गभर्नर महाप्रसाद अधिकारीमाथि छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलले ब्याजदरलाई केही कम गराएर लगानीकर्ताको मनोवल बढाउन भनेका छन् ।
अबको केही क्षणमा ५ बजे बस्ने बैठकले ब्याजदरका बारेमा निर्णय गर्छ । व्याजदर घटाउने वा तत्कालका लागि यथावत् राख्नेमध्य एक निर्णय हुने बताउँदै एक बैंकरले भने, ‘सबै सिइओको धारणा सुनेपछि बैंकर्स संघले निर्णय गर्छ ।’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको औसत अन्तर (स्प्रेडदर) घटाइसकेको छ । बैंकहरूले कर्जामा चर्काे प्रिमियम असुलेको भन्दै निजी क्षेत्रले विरोध गरेपछि राष्ट्र बैंकले स्प्रेडदरमा कैंची चलाइसकेको हो । यसअघि बैंकहरूले ४.४ प्रतिशतसम्म स्प्रेडदर लिँदै आएका थिए ।
राष्ट्र बैंकले तत्काल ब्याजदर बढ्न नदिन उपायहरु लगाएको देखिन्छ । बैंकरहरु पनि अहिलेको भन्दा बढी ब्याजदर बनाउन नहुने पक्षमा छन् । तर, केही सिइओहरु ब्याजदर घटाउने पक्षमा उभिएका छन् । बैंकर्स संघको बैठकमा सबैको निर्णय सुनेपछि आवश्यक निर्णय हुने छ ।
सोही बैठकले संघको आगामी नयाँ अध्यक्षमा सुनील केसीलाई नै चयन गर्दै छन्। आज पाँच बजेको बैठकले केसीलाइ अध्यक्ष बनाउँदै छ । केसी अहिले संघको उपाध्यक्ष एवं कार्यकारी अध्यक्ष हुन्। यसैगरि, केसी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
केहीदिन अघि मात्र संघका अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको थियो । संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।
सोही व्यवस्था अनुसार यो बैठकले केसीलाई नयाँ अध्यक्षको जिम्मेवारी दिन लागेको संघ स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।