logo

ग्लोबल आईएमई र बैंक अफ काठमान्डुबीच एकीकृत कारोबार सुरु ,५७ अर्ब कुल पुँजीसहित देसकै सबैभन्दा ठूलो बैंक बन्यो ग्लोबल आईएमई बैंक

    588   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेपश्चात् दुई बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु भएको हो ।
एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए । ‘बैंक मर्जर असाधारण काम हो, यो प्रशंसायोग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नवीनतम् बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्नु जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको समेत बताए ।
साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकामा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामनासमेत दिए ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
‘वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिबद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरु गरेका छौं,’ उनले भने ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकाले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए । ‘अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैंकहरूको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पु¥याउन सक्छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंक तथा वित्तीय संस्थाहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए ।
‘हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान नै थियौं तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौं,’ अध्यक्ष ढकालले भने, ‘यो मर्जरसमेत गरेर हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैंक तथा वित्तीय संस्था एउटै संस्थाका रूपमा एकीकृत गरेका छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आईएमई बैैंकलाई सफल मर्जरका लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको नेतृत्वमा ब्याजदर घटाउन पहल गर्न आग्रहसमेत गरे । दुवै बैंकका आआफ्नै विशेषता रहेको बताउँदै अग्रवालले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताए ।
ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमान्डु लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेको सो समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट पाहुनालाई धन्यवादसमेत व्यक्त गरिएको थियो ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमान्डुका तर्फबाट दुईजना रहनेछन् । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।
हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
मर्जरपश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्र्ब १२ अर्ब रुपैयाँ र कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
दुई बैंकहरूको मर्जरपश्चात् कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ बिस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढीइ ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।