logo

धमाधम मर्चहुने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या घट्यो, अब १८ वटा मात्र हुँदै

    699   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार – अहिले मुलुकमा धमाधम ठुला बैंकहरुबीच आपसमा मर्चहुने एवं गाभिने क्रमबढेसँगै वाणिज्य बैंकहरुको संख्या २८ बाट घटेर अब जम्मा १८ वटा मात्र हुने भएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्चहरुले सुविधा एवं पहलपछि अहिले धमाधम ठुला बैंकहरुबीच यस्तो मर्च एवं आपसमा गाभिने क्रमले तिब्रता पाएको हो । यहि लहरसँगै अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको छ ।
भर्खरै २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ। यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ । यसले गर्दा अब वाणिज्य बैंकहरुको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो।
पछिल्लो समय नबिल र नेपाल बंगलादेश (एनबि) बैंक गाभिएपछि संख्या २६ मा झरेको थियो। त्यसपछि कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक गाभिएर २५ मा झरेको छ।
यही साता मात्र तीन जोर बैंकहरु गाभिएर २२ मा झर्दैछन्। सोमबार ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू (बिओके) गाभिएर २४ मा आउँदैछ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिएर संख्या २३ मा आउने छ । आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गाभिदा संख्या २२ मा हुँदैछ।
त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेको छ । यी संस्था गाभिएपछि संख्या अब वाणिज्य बैंकहरुको संख्या घटेर २१ व्टामा आउने छ।
सोमबार लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदैछ । उनीहरु मर्जर लगत्तै संख्या २० मा झर्ने छ। यसअघि नेपालमा कुनै बेला वाणिज्य बैंकहरुको संख्या धमाधम विस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुलाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो।
नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अगाडि सारेको हो। तत्कालिन राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चुक्ता पुँजी वृद्धि योजना संख्या घटाउनका लागि लिएका थिए। तर राजनीतिक दबाबले हकप्रद दिने व्यवस्था गर्न उनी बाध्य भए। यसले गर्दा संख्या घटेन।
उनले कार्यकालको अन्तिम मौद्रिक नीतिमा ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर केही सहुलियतहरु घोषणा गरेका थिए। उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीतिबाटै प्राथमिकतामा राखेका थिए।
तर, कोभिड संक्रमण र लकडाउनका कारण यो योजना अगाडि बढ्न सकेन। दोस्रो र तेस्रो मौद्रिक नीतिपछि उनले मर्जरलाई प्रोत्साहित गर्ने भन्दै ‘वान टु वान’ कुराकानी गरेपछि बैंकहरु दबाबमा परेका हुन्। अर्कोतिर प्रमुख कार्यकारी अधिकृतहरुको कार्यकालका कारण पनि मर्जरले प्राथमिकता पाएको हो। अहिले मर्जरमा गएका बैंकहरुका प्रमुख कार्यकारीहरुको दुई कार्यकाल पुरा हुन लागेको छ। मर्जरमा नजाने हो भने कार्यकाल थप्न मिल्दैन। तर मर्जरका कारण अर्को एक कार्यकाल थप्ने सहुलियत छ।
यही कारण पनि मर्जरमा बैंकहरु तातिएका हुन्। राष्ट्र बैंकले अहिले सानिमा बैंक र माछापुच्छ्रे बैंकलाई मर्जरका लागि ताकेता गरिरहेको छ। यदि यी संस्थाबीच मर्जर भएमा संख्या १९ मा झर्ने छ। राष्ट्र बैंकले सिद्धार्थ, प्राइम, सिटिजन्स, एभरेष्ट बैंकलाई पनि मर्जरमा जान प्रोत्साहित गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।