logo

सेञ्चुरी कमर्सियल बैंकले डाक्यो १४ पुसमा साधारण सभा

    1306   पटक पढिएको


२२ मंसिर/अर्थ र व्यापार– सेञ्चुरी कमर्सियल बैंकले पुस १४ गते, बिहीबार साधारण सभा डाकेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट प्रस्ताव गरेको लाभांश अनुमोदन र प्रभु बैंकसँग विलय प्रकृयामा जाने प्रमुख एजेण्डा राखेर साधारण सभा डाकेको हो ।
सेञ्चुरी बैंकले काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सेञ्चुरी बैंकले सोही साधारण सभा मार्फत चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४५ करोड ७६ लाख ९४ हजार रुपैयाँ लाभांश बाँड्ने छ ।

हाल बैंकको चुक्ता पुँजी चुक्ता ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १५८ रुपैयाँ रहेको छ । जसअनुसार बैंकले चुक्ता पुँजीको ४.७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार ६४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण प्रस्ताव पारित गर्नेछ ।

यसैगरि, सेञ्चुरी बैंक र प्रभु बैंक १ बराबर १ अनुपात (सेञ्चुरी बैंकको १०० कित्ता बराबर प्रभु बैंकको १०० कित्ता) मा एक्विजिशनमा जाने प्रस्ताव अनुमोदन गर्नेछ । सभाले सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजिशनमा जानका लागि मर्जर तथा प्राप्ती सम्बन्धमा भए गरेका सम्पूर्ण कार्य अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्ने प्रस्ताव राखेको छ ।

सेञ्चुरी बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज आगामी ३ पुससम्म नेप्सेमा कारोबार भई कायम सेञ्चुरी बैंकका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।