logo

निफ्राको लाभांश पारित

    733   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चौथो वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्य केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायतको सहभागिता थियो ।
सो साधारण सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बैंक हाल सञ्चालनको चौथो वर्षमा रहेको छ ।
आव २०७८/७९ सम्म आइपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले १ अर्ब २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको सो बैंकले जनाएको छ ।
बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारमा सफल अभ्यास अंगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्र्धन गर्ने कार्यलाई मुख्य आधार स्तम्भ बनाई चारवर्षे रणनीतिक योजना अनुरूप व्यावसायिक गतिविधिलाई तीव्रता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।