logo

निफ्राको लाभांश पारित

    1036   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चौथो वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी, बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ । काठमाडौंमा सम्पन्न साधारण सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए ।
सो अवसरमा बैंक सञ्चालक समितिका सदस्य केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायतको सहभागिता थियो ।
सो साधारण सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बैंक हाल सञ्चालनको चौथो वर्षमा रहेको छ ।
आव २०७८/७९ सम्म आइपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले १ अर्ब २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको सो बैंकले जनाएको छ ।
बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारमा सफल अभ्यास अंगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवद्र्र्धन गर्ने कार्यलाई मुख्य आधार स्तम्भ बनाई चारवर्षे रणनीतिक योजना अनुरूप व्यावसायिक गतिविधिलाई तीव्रता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।