logo

सिभिल बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

    731   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– सिभिल बैंकले १२औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको सो बैंकले जनाएको छ ।
जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगन्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालन गरिने बैंकले जनाएको छ । सो अभियानको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।
उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डो¥याउने बताए । नोट छपाई गर्दा हुने खर्च तथा विदेसिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य हुने उनले बताए ।
बैंकले वार्षिकोत्सवको अवसरमा जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवा पनि सुरुवात गरेको छ । सो सेवाको सुरुवात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डे र बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रूपमा गरेका थिए ।
सोही वार्षिकोत्सवको अवसरमा बैंकले पाँचथरको यांवरक शाखामा एटीएम सेवा प्रारम्भ गरेको छ । यसैगरी, सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत देशभर छरिएका बैंकका मुख्य शाखासहित ३६ स्थानका ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसबाट कुल ९८४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
यसैगरी, बैंकले ५७ स्थानका शाखामार्फत विपन्न तथा जेहनदार छात्रालाई छात्रवृत्ति स्वरुप नगद प्रदान गरेको थियो । बैंकले आफ्नो विभिन्न शाखामार्फत विभिन्न उमेर समूहका व्यक्तिलाई बैंकिङ तथा वित्तीय ज्ञानसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको सो बैंकले जनाएको छ ।
त्यसैगरी, नेपाल बालसंगठनमा आश्रित करिब ३५० जना बालबालिकाका लागि स्टेसनरी सामग्री खरिद गर्न ५० हजार आर्थिक सहयोग गरेको थियो । भने सुनसरीको धरानमा रहेको निसहाय सहयोग परिषद्को तालिम भवन निर्माण गर्न ५० हजार आर्थिक सहयोग पनि उपलब्ध गराएको थियो । यसैगरी, सो बैंकले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको उच्च प्रविधि क्लासरुम परियोजनाका लागि ५० हजार आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, अपांगता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिका लागि सयवटा सेतो छडी खरिद गर्न ९५ हजार आर्थिक सहयोग गरेको र कास्कीस्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरूको सुरक्षाका लागि सय थान लाइफ ज्याकेट समेत हस्तान्तरण गरेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।