logo

मुक्तिनाथ विकास बैंकद्धारा २६४ जना महिला उद्यमीहरु सम्मानित

    1209   पटक पढिएको


२४ कात्तिक/अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।
बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषी, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गरेको हो।
बैंकले यस आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्रगोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो ।
उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको बैंकले जनाएको छ ।
कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।
सो कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानिय भद्रभलाद्मी र विभिन्न पेशामा आबद्ध रहेका महिला उद्यमीहरु सहित लगभग ३५ सय जनाको उपस्थिति रहेको थियो ।
अहिलेको २१ औं सताप्दीमा देशको आर्थिक विकासमा नारीहरुको भूमिका रहने भएकोले नारीलाई घर भित्रको कामहरुमा मात्र सीमित नगरी सही वातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने नारीहरुले जस्तो सुकै कार्यहरु र उच्च पदहरु सम्हाल्ने क्षमता राख्नेछन् भन्ने सोचले उनीहरुको मनोवल उच्च राख्नका लागि बैंकले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।
साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।