logo

वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी ह्वात्तै बढ्यो , तीन दिनमै २८ अर्ब निक्षेप संकलन

    777   पटक पढिएको

४ कात्तिक/अर्थ र व्यापार– असोज अन्तिममा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी ह्वात्तै बढेको छ ।
बैंकर्स संघका अनुसार असोज अन्तिम तिन दिनमा वाणिज्य बैंकमा निक्षेप २८ अर्बले बढेको छ भने कर्जा प्रवाह २७ अर्ब ७ करोड रुपैयाँले बढेको छ ।
संघका अनुसार २८ असोजसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका थिए । ३१असोजसम्म पुग्दा निक्षेप संकलन २७ अर्ब ९९ करोड रुपैयाँले बढाएर ४५ अर्ब ४७ अर्ब पु¥याएका छन् ।
यो अवधिमा बैंकको निक्षेप मात्रै नबढेर कर्जा प्रवाह पनि उत्साहप्रद नै देखिएको छ । लामो समयपछि बैंकहरुबाट जाने कर्जामा यस्तो उत्साह देखिएको हो । तरलता अभावकै समयमा पनि बैंकहरुले कर्जा प्रवाहमा जोड दिएका छन् ।
संघका अनुसार २८ असोजसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा ३ दिनको अवधिमा २७ अर्ब ७ करोड रुपैयाँले बढेर कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
संघका अनुसार ३१ असोजसम्म कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८७.२० प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।