logo

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र,अब घरजग्गा रोक्का–फुकुवा बैंकबाटै हुने

    1012   पटक पढिएको

३ कात्तिक/अर्थ र व्यापार– मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई सहज रुपमा घर,जग्गा,अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहजरुपमा उपलब्ध गराउने उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको शुरुवात गरेको मेगा बैंकले जनाएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत् धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका हुन ।
भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत् पेश गरे पुग्नेछ ।
बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ।
यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ्ग सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वासनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने मेगा बैंकले विश्वास लिएको छ ।
मेगा बैंकका अध्यक्ष शाह तथा कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ्ग सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताएका थिए ।
उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुमा भू–सेवा केन्द्र संचालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकोले बैंकिङ्ग सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने बैंकको उद्देश्यमा अर्को कोशेढुङ्गा सावित भएको बताए ।
घर, जग्गा रोक्का तथा फुकुवा कार्यलाई डिजिटलाइज गर्ने नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको योजनामा मेगा बैंक तथा वित्तिय संस्थाहरुमा पहिलो सदस्यको रुपमा सेवा संचालन गर्न पाउनुका साथै नेपाल सरकारको डिजिटलाइजेशन सम्बन्धी योजनामा योगदान पु¥याउन पाएकोमा समेत बैंक गौरवान्वित भएको बताए ।
भू–सेवा केन्द्र संचालनको सन्र्दभमा आवश्यक समन्वय, सहयोग तथा सहजीकरण गरिदिनुभएकोमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे लगायतका अन्य सम्पूर्ण कर्मचारीहरुप्रति उनीहरुले बैंकका तर्फबाट आभार पनि ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।