logo

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्था मर्जर सम्बन्धी विनियमावली–२०७३ पाँचौ संशोधन

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का, फुकुवा सेबोनले गरेको व्यवस्था बमोजिम हने

    768   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ लाई पाँचौ संशोधन गरेको छ ।
राष्ट्र बैंकले सो विनियमावली संशोधन गर्दै गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्ड ( सेबोन) ले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको जनाएको छ ।
जसकालागि राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति मार्फत नै सेयर कारोवारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम नै राष्ट्र बैंकले सो विनियमावली संशोधन गरेको जनाएको छ ।
यसैगरि, राष्ट्र बैंकले अहिले संशोधन गरेको विनियमावलीमा केही नयाँ व्यवस्था थप गरेको छ भने केही पुराना व्यवस्था हटाएको छ । राष्ट्र बैंकले गाभ्ने÷गाभिने वा प्राप्ति (एक्विजिशन) का कारण बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुईवर्षभित्र तोकिएको सीमाभित्र ल्याउने व्यवस्था गरेको छ ।
यसअघि वित्तिय संस्थहरु गाभिंदा वा प्राप्ति (एक्विजिशन) का कारण संस्थाको स्रोत परिचालन (स्वदेशी निक्षेप तथा प्राथमिक पूँजी) मा कुल स्वदेशी कर्जा सापटको अंश तोकिएको प्रतिशत नाघ्न गएमा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भएको बढीमा दुईवर्षभित्र ८० प्रतिशतको सीमाभित्र ल्याउने व्यवस्था रहेको थियो ।
यो नयाँ व्यवस्थाले अब ८० प्रतिशतको सिमा घटाएको छ । यसैगरि, नयाँ व्यवस्थामा स्वीकृत भएपछिका कार्य तथा शर्तहरुमा रहेको केही व्यवस्था हटाइएको छ । यसअघि गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) कार्य सम्पन्न भए पछि रोक्का रहेको सेयर कारोबारलाई आवश्यक प्रक्रियाबाट फुकुवा गर्ने व्यवस्था मिलाउनु पर्ने प्रावधान राखिएको राष्ट्र बैंकले संसोधित नियमावलीमा उल्ल्ेख गरेको छ ।
यद्यपि सम्बन्धित संस्थाहरु सहमत भएको अवस्थामा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) को अन्तिम स्वीकृतिको निवेदन पेश गरे पछि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्था रहेको थियो । अहिले राष्ट्र बैंकले सो व्यवस्थालाई पनि हटाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।