logo

कुमारी र एनसिसी बैंकबीच मर्जर सम्झौता

    1191   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच मर्जर सम्झौता भएको छ । एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंकका अनुसार सम्झौताबमोजिम दुवै बैंक १ः१ को सेयर स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्जरपछि पनि एनसिसीका हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल नै सिइओ हुनेछन् भने बैंकको नाम कुमारी नै रहनेछ । त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल भने वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसिसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो । जसअनुसार तयारी सुरु भएको मर्जरले अन्तिम रूप पाउन लागेको हो ।दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैंकको निक्षेप तीन खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा दुई खर्ब ७४ अर्ब ५५ करोड हुनेछ । जगेडा कोषमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

कर्मचारी कटौतीका लागि दुवै बैंकमा स्वैच्छिक अवकाश योजना ल्याइने बताइएको छ । अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९ सय कर्मचारी छन् । एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या तीन सय ५५ पुग्नेछन् । गत आर्थिक वर्षसम्म कुमारी बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ७७ करोड ३९ लाख रुपैयाँ छ ।

त्यस्तै, एनसिसी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा दुई अर्ब दुई करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।