logo

रेमिट्यान्स ब्याजमा पनि लगाम लगाउँदै राष्ट्र बैंक

    836   पटक पढिएको

१० असोज/अर्थ र व्यापार – बैंकहरूले आफूखुसी ब्याज दिएर विभिन्न नामका आकर्षक निक्षेप रेमिट्यान्स (विप्रेषण आप्रवाह) का काम गरेको भेटिन थालेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको यस्तो कार्यमाथीको निगरानी बढाएको छ ।
पछिल्लो समय निक्षेप बढाउने नाममा बैंक तथा वित्तीय संस्थाहरूले रेमिट्यान्स निक्षेपमा उच्च ब्याज दिइरहेका छन् । रेमिट्यान्स ब्याजमा बैंकका मनपरीले निर्यात रकमदेखि पहुँचवाला निक्षेप प्रयोग गरिएको पाईएको छ ।
सर्वसाधारणका मुद्दतीमा अहिले वाणिज्य बैंकहरूले १२.१३३ प्रतिशत ब्याज दिएका छन्। तर, रेमिट्यान्स बचतमा न्यूनतम १ प्रतिशत फरक देखाउनुपर्ने व्यवस्था रहेको भन्दै मनलाग्दी ब्याज दिएका छन् ।
वित्तीय संस्थाहरूले उच्च ब्याज दिने प्रतिस्पर्धा मात्रै गरेका छैनन् पछिल्लो समय कस्तो निक्षेपलाई रेमिट्यान्समा राख्ने भनेर राष्ट्र बैंकको नीतिको कमजोरी (लुपहोल) खोजेर पहुँचवालालाई फाइदा पुग्ने निर्णय गरिरहेका छन् ।
असोज महिना लागेदेखि नै बैंकहरूले रेमिट्यान्स निक्षेपको मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । बैंकहरू इमान्दार नबन्दा रेमिट्यान्स ब्याजमा ठूलो विकृति देखिएको छ । बैंकहरूको अस्वस्थ प्रतिस्पर्धाले विवेकशील बैंक पनि बदमासीमा उत्रिएको पाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरूले पठाउने रकम (रेमिट्यान्स)लाई आकर्षित गर्न अन्य निक्षेपको भन्दा न्यूनतम १ प्रतिशतको अन्तर हुनुपर्ने गरी दिएको सीमालाई बैंकहरूले दुरुपयोग गरिरहेको पनि राष्ट्र बैंकको भनाई छ ।
बैंकहरूले जस्तोसुकै रकमलाई पनि रेमिट्यान्स मानेर उच्च ब्याज दिइरहेको भन्ने सुन्नमा आएको जानकारि गराउँदै राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘राष्ट्र बैंकले दिएको सुविधालाई दुरुपयोग गरेर उनीहरूले बदमासी गरेका हुन सक्छन्, हामीले सूक्ष्म रुपमा अध्ययन गरिरहेका छौं ।’
अन्य निक्षेपमा भन्दा रेमिट्यान्स खाताको ब्याजदर उच्च भएकाले आफू निकट निक्षेपकर्तालाई रेमिट्यान्स खाता खोलेर रकम राख्न आग्रह गरिरहेको सूचना आएको केन्द्रीय बैंकका ती अधिकारीले जानकारि दिए ।
जसका कारण अहिलेसम्म रेमिट्यान्स खाता नभएको व्यक्ति पनि बैंकमा गएर रेमिट्यान्स खातामा आफ्नो निक्षेप परिणत गरिरहेको र त्यसलाई बैंकरहरूले सहजीकरण गरिररहेको बुझाईमा राष्ट्र बैंक रहेको छ ।
तर, बैंकरहरू भने आफूहरू दोहोरो चेपुवामा परेको बताउँछन् । ‘एकातिर ठूला व्यक्तिगत निक्षेपकर्ताहरूले बढी ब्याज नदिए फिर्ता लैजाने धम्की दिन्छन् भने अकोतिर केन्द्रीय बैंकले गलत ऋभयास गरेको भन्दै कारबाहीको धम्की दिइरहेको छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘कुनै बैंकले आफ्नो सामान्य निक्षेप रेमिट्यान्स निक्षेपमा राखेर उच्च ब्याज नदिए त्यहाँबाट निकालेर अन्य बैंकमा रेमिट्यान्स आय स्वघोषणा गरी राख्ने गरेका छन् ।’
बैंकहरूबीच निक्षेप संकलनमा चर्को प्रतिस्पर्धा भइरहेका बेला असल बैंकिङ गर्नेहरू पनि निक्षेप जोगाउन अनेकन बाध्यतामा फस्नुपर्ने स्थिति आएको ती सीईओले बताए । राष्ट्र बैंकले बजार औसतको अधिकतम १० प्रतिशत मात्रै ब्याज बढाउन पाउने व्यवस्था गरे पनि रेमिट्यान्स ब्याजको हकमा त्यस्तो व्यवस्था छैन । त्यही भएर बैंकहरूले असोजको ब्याजदर प्रकाशित गर्दा रेमिट्यान्सको ब्याज उच्च बनाएका थिए ।
रेमिट्यान्स ब्याज बढाउँदा वैदेशिक रोजगारीमा गएकाहरूलाई प्रोत्साहन हुने अपेक्षा गरिएको थियो । तर, पहुँचवाला निक्षेपकर्ताहरू रेमिट्यान्स निक्षेपमा रकम राखेर सोहीअनुसार ब्याज लिन लागिपरेका छन् । कतिपय पहुँचवाला निक्षेपकर्ताले रेमिट्यान्स आय भएको स्वघोषणा नगरीकन पनि बैंकले रेमिट्यान्सको ब्याज पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।