logo

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर आवधिक कर्जा लिने

    717   पटक पढिएको

१२ भदौ/अर्थ र व्यापार – एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने एनएमबि नेपालको एकमात्र बैंक हो छ ।
आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको बेला उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने सो बैंकले जनाएको छ ।
यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्ने अपेक्षा बैंकको छ ।
एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनिल केसीले सो कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।